कृष्ण सिटौलालाई प्रश्न- पार्टी जोगाउनलाई के गर्नुहुन्छ ?  « Khabarhub

कृष्ण सिटौलालाई प्रश्न- पार्टी जोगाउनलाई के गर्नुहुन्छ ? 


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नु नै पार्टीको एकता भएको बताएका छन् । 

शुक्रबार काठमाडौंमा बसेको कांग्रेस संस्थापन पक्षको भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै सिटौलाले विशेष महाधिवेशन अहिलेको आवश्यकता नभएको भन्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने बताएका हुन् ।

अहिले पार्टीका नेताहरुकाबीचमा प्रतिस्पर्धा गर्ने बेला नभई निर्वाचनमा पार्टी एकताबद्ध भएर जाने बेला भएको उनले बताए । उनले आफूहरू पार्टी एकताको पक्षमा, समझदारीको पक्षमा, कार्य सम्पादन समितिले गरेको निर्णयको पक्षमा लागिरहने उल्लेख गरे । 

विशेष महाधिवेशनको पक्ष वा विपक्षमा कति छन् भन्ने अलग कुरा रहेको भन्दै सिटौलाले विशेष महाधिवेशन आजको आवश्यकता नरहेको स्पष्ट पारे । निर्वाचनको तयारी गर्नुपर्ने बेला पार्टीभित्र भएको खैलाबैला उचित नभएको उनको भनाइ छ । 

पार्टी जोगाउनलाई के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा सिटौलाले सर्वसम्मत वा बहुमत जेबाट भए पनि पार्टीले गरेको निर्णयको पालना गर्नु नै पार्टीको हितमा र पार्टी एकताको पक्षमा हुने बताए । 

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  २ : ११ बजे

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३