कोशी सरकारले सञ्चालनमा ल्यायो घुम्ती अस्पताल « Khabarhub

कोशी सरकारले सञ्चालनमा ल्यायो घुम्ती अस्पताल


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ ।  

शुक्रबार झापाको कमल गाउँपालिकाबाट उक्त घुम्ती अस्पतालको शुभारम्भ गरिएको हो ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले घुम्ती अस्पतालको शुभारम्भ गर्दै ठूलो बसभित्र अत्याधुनिक मेडिकल उपकरण जडान गरी यो सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए  । मुख्यमन्त्री कार्कीले यो सेवालाई गाउँ गाउँसम्म विस्तार गर्ने बताए  ।

त्यस्तै कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी  नर्सिङ प्रशासक आस्था थापाले घुम्ती अस्पतालमा रेडियोलोजी, मुटुको एक्सरे, ब्लड टेस्ट, रगतको नमुना सङ्कलन गरी परीक्षण गर्ने उपकरण जडान गरिएको बताए । 

करिब ८० लाख रुपैयाँ खर्च गरेर बसमा नै कोशी घुम्ती अस्पताल सुरु गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ३ : ०४ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार