जापान र चीनबीच बढ्दो तनाव « Khabarhub

जापान र चीनबीच बढ्दो तनाव


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा विश्व फासिवादविरोधी युद्धमा प्राप्त विजयको ८०औँ वर्षगाँठ मनाएका छन् ।

त्यही सन्दर्भमा दोस्रो विश्वयुद्धको पराजित राष्ट्र जापानले आफ्ना गम्भीर भूलको गहिरो आत्मसमीक्षा गर्नुपर्ने अपेक्षा अन्तर्राष्ट्रिय समुदायले राखेको पाइएको छ ।

तर हालै जापानभित्रै केही व्यक्ति र समूहले ऐतिहासिक तथ्यलाई तोडमरोड गर्दै युद्धकालीन अत्याचारलाई हल्का बनाएर आफ्ना आक्रामक युद्धसम्बन्धी स्थापित अन्तर्राष्ट्रिय निष्कर्षलाई उल्ट्याउने प्रयास तीव्र बनाएको गुनासो सुनिन थालेको छ । जापानको नयाँ सरकारी नेतृत्व सैन्यवादी विचारधारालाई पुनर्जीवित गर्ने बाटोतिर उन्मुख हुँदै गएको टिप्पणी हुन थालेको छ ।

विश्लेषकहरूका अनुसार यस्ता गतिविधिले इतिहासप्रति अन्तर्राष्ट्रिय समुदायमा रहेको साझा समझदारीलाई चुनौती दिनुका साथै मानव चेतना र युद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थामाथि प्रश्न उठाउने निश्चित छ । त्यसैगरी क्षेत्रीय र विश्व शान्ति तथा स्थायित्वमा गम्भीर खतरा निम्त्याउन सक्नेतर्फ पनि संकेत गरिएको छ ।

गत नोभेम्बरको सुरुवातमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीले संसद (डाइट) अधिवेशनमा ‘ताइवानको आकस्मिक अवस्था’बारे बोल्दै यसले जापानको अस्तित्वमै खतरा निम्त्याउन सक्ने र त्यस अवस्थामा सामूहिक आत्मरक्षाको अधिकार प्रयोग गर्न सकिने अभिव्यक्ति दिएकी छन् । दोस्रो विश्वयुद्धपछि सन् १९४५ यता जापानका कुनै पनि सत्तारूढ नेताबाट यस्तो उग्र अभिव्यक्ति आएको थिएन ।

यसर्थ अहिले हठात आएको नयाँ प्रधानमन्त्रीको त्यस अभिव्यक्तिलाई चीनविरुद्ध बल प्रयोगको चेतावनीका रुपमा लिइएको छ । ‘अस्तित्व–संकट’ यस्तो शब्दावली हो जसले विस्तारवादी नीतिलाई मलजल गर्दछ ।

इतिहासविदहरूका अनुसार सम्राट–केन्द्रित राष्ट्रवाद, बुसिडो र सिन्तो जस्ता विचारधारालाई शासक वर्गले सैन्य महत्वाकांक्षाका लागि प्रयोग गर्दथे ।

हालैका वर्षमा जापानले लगातार रक्षा बजेटमा गरेको वृद्धि,सामूहिक आत्मरक्षासम्बन्धी प्रतिबन्धमा खुकुलोपन,हतियार निर्यात सहज, तथाकथित ‘काउन्टर स्ट्राइक क्षमता’ विकास तथा तीन गैर–परमाणु सिद्धान्त पुनरावलोकनको प्रयास हुन थालेको छ ।

यी कदमले कायरो घोषणापत्र र पोट्सडाम घोषणापत्रको भावनालाई कमजोर बनाउँदै संविधानका शान्तिवादी प्रावधानलाई खोक्रो बनाएको बताइन्छ । रुसी सुरक्षा परिषद् सचिव सर्गेई सोइगुलेसमेत यस्ता कदमबाट जापान–रुस सम्बन्धमा नकारात्मक असर पर्ने बताएका छन् ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ६ : ४८ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा