जापान र चीनबीच बढ्दो तनाव « Khabarhub

जापान र चीनबीच बढ्दो तनाव


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा विश्व फासिवादविरोधी युद्धमा प्राप्त विजयको ८०औँ वर्षगाँठ मनाएका छन् ।

त्यही सन्दर्भमा दोस्रो विश्वयुद्धको पराजित राष्ट्र जापानले आफ्ना गम्भीर भूलको गहिरो आत्मसमीक्षा गर्नुपर्ने अपेक्षा अन्तर्राष्ट्रिय समुदायले राखेको पाइएको छ ।

तर हालै जापानभित्रै केही व्यक्ति र समूहले ऐतिहासिक तथ्यलाई तोडमरोड गर्दै युद्धकालीन अत्याचारलाई हल्का बनाएर आफ्ना आक्रामक युद्धसम्बन्धी स्थापित अन्तर्राष्ट्रिय निष्कर्षलाई उल्ट्याउने प्रयास तीव्र बनाएको गुनासो सुनिन थालेको छ । जापानको नयाँ सरकारी नेतृत्व सैन्यवादी विचारधारालाई पुनर्जीवित गर्ने बाटोतिर उन्मुख हुँदै गएको टिप्पणी हुन थालेको छ ।

विश्लेषकहरूका अनुसार यस्ता गतिविधिले इतिहासप्रति अन्तर्राष्ट्रिय समुदायमा रहेको साझा समझदारीलाई चुनौती दिनुका साथै मानव चेतना र युद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थामाथि प्रश्न उठाउने निश्चित छ । त्यसैगरी क्षेत्रीय र विश्व शान्ति तथा स्थायित्वमा गम्भीर खतरा निम्त्याउन सक्नेतर्फ पनि संकेत गरिएको छ ।

गत नोभेम्बरको सुरुवातमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीले संसद (डाइट) अधिवेशनमा ‘ताइवानको आकस्मिक अवस्था’बारे बोल्दै यसले जापानको अस्तित्वमै खतरा निम्त्याउन सक्ने र त्यस अवस्थामा सामूहिक आत्मरक्षाको अधिकार प्रयोग गर्न सकिने अभिव्यक्ति दिएकी छन् । दोस्रो विश्वयुद्धपछि सन् १९४५ यता जापानका कुनै पनि सत्तारूढ नेताबाट यस्तो उग्र अभिव्यक्ति आएको थिएन ।

यसर्थ अहिले हठात आएको नयाँ प्रधानमन्त्रीको त्यस अभिव्यक्तिलाई चीनविरुद्ध बल प्रयोगको चेतावनीका रुपमा लिइएको छ । ‘अस्तित्व–संकट’ यस्तो शब्दावली हो जसले विस्तारवादी नीतिलाई मलजल गर्दछ ।

इतिहासविदहरूका अनुसार सम्राट–केन्द्रित राष्ट्रवाद, बुसिडो र सिन्तो जस्ता विचारधारालाई शासक वर्गले सैन्य महत्वाकांक्षाका लागि प्रयोग गर्दथे ।

हालैका वर्षमा जापानले लगातार रक्षा बजेटमा गरेको वृद्धि,सामूहिक आत्मरक्षासम्बन्धी प्रतिबन्धमा खुकुलोपन,हतियार निर्यात सहज, तथाकथित ‘काउन्टर स्ट्राइक क्षमता’ विकास तथा तीन गैर–परमाणु सिद्धान्त पुनरावलोकनको प्रयास हुन थालेको छ ।

यी कदमले कायरो घोषणापत्र र पोट्सडाम घोषणापत्रको भावनालाई कमजोर बनाउँदै संविधानका शान्तिवादी प्रावधानलाई खोक्रो बनाएको बताइन्छ । रुसी सुरक्षा परिषद् सचिव सर्गेई सोइगुलेसमेत यस्ता कदमबाट जापान–रुस सम्बन्धमा नकारात्मक असर पर्ने बताएका छन् ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ६ : ४८ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले