ज्येष्ठ नागरिकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा जोड « Khabarhub

ज्येष्ठ नागरिकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा जोड


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी– जिल्ला समन्वय समिति, कास्कीद्वारा आइतबार पोखरामा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा ज्येष्ठ नागरिकसँग सम्बन्धित कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ ।

ज्येष्ठ नागरिकका हकअधिकारलाई लक्षित गरी विभिन्न कानुन बनेको उल्लेख गर्दै वक्ताहरुले ती कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा ज्येष्ठ नागरिक आफ्ना हक तथा अधिकारबाट वञ्चित बनेका बताए ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जेष्ठ नागरिकको संविधान र कानुनले व्यवस्था गरेका सेवा सुविधाको निशर्त कार्यान्वयन हुनुपर्ने भन्दै विभिन्न कार्यालय र सरोकारवाला यस सम्बन्धमा गम्भीर हुनुपर्ने उल्लेख गरे ।

सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको प्रावधान कार्यान्वयन हुन नसकेको, सेवा प्रदायक अस्पताल, बैङ्कसहितका सेवा प्रदायक निजी तथा सार्वजनिक संस्थाहरूको ध्यानाकर्षण गराउँदै उनले केही सरकारी तथा सरोकारवाला कार्यालयमा सेवा प्रवाह जेष्ठ नागरिक मैत्री नभएको गुनासो आएको बताए । तत्काल सेवा प्रवाहमा जेष्ठ नागरिकलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै उनले जिल्ला समन्वय समितिलाई नागरिकका गुनासा सुन्ने र समाधानका उपाय खोज्ने थलोको रूपमा लिन आग्रह गरे ।

जिल्ला समन्वय समितिका शाखा अधिकृत लक्षु शर्माले जेष्ठ नागरिकका सम्बन्धमा भएका कानुनी व्यवस्था, उहाँहरुको हकअधिकार सम्बन्धि अन्य नीतिगत व्यवस्था र कार्यान्वनमा देखिएका चुनौती र समस्यासहित समाधानका बारेमा चर्चा गरे ।

जिल्ला समन्वय अधिकारी नवराज बराल, लेखनाथ नगरपालिकाका पूर्वप्रमुख शालिकराम पौडे्ल, पूर्वकर्मचारी परिषद्का अध्यक्ष गिरीधारी सुवेदी, ज्येष्ठ नागरिक समाज कास्कीका अध्यक्ष भूपेन्द्र गिरीलगायतले ज्येष्ठ नागरिकका हकअधिकारलाई सुनिश्चित गराउन सम्वद्ध सबैको एक्तावद्ध प्रयास हुनुपर्नेमा जोड दिएका थिए । (रासस)

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ७ : ५० बजे

सीमा विवादबारे परराष्ट्रमन्त्रीको भूमिकामा प्रश्न उठाइन् खुश्वुले

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले भारतसँगको सीमा

पूर्व बालसैनिकसम्बन्धी रिटमा सर्वोच्चको परमादेश, लेनिनले भने : एउटा लडाइँ जित्यौँ

काठमाडौं- सर्वोच्च अदालतको पूर्ण इजलासले पूर्व बालसैनिकसम्बन्धी रिट निवेदनमा परमादेश

पोखराको रास्वपा अधिवेशनस्थल घेरे जेन-जीका आफन्तले (तस्बिरहरू)

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिवेशन पोखरा

फिफा विश्‍वकपको एक खेल प्रत्यक्ष हेर्न खर्चिनु पर्छ काठमाडौंमा एउटा घर आउने रकम

काठमाडौं- फिफाले विश्वकप २०२६ केवल फुटबलको महाकुम्भ मात्र नभई इतिहासकै

परराष्ट्रमन्त्री खनाल आइतबार तीन दिने चीन भ्रमणमा जाने

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर आइतबार तीन दिने औपचारिक भ्रमणका लागि उत्तरी