संविधान संरक्षण गर्दै आवश्यक संशोधनबाट क्रियाशील बनाइने « Khabarhub

संविधान संरक्षण गर्दै आवश्यक संशोधनबाट क्रियाशील बनाइने


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान संविधानको संरक्षण गरी आवश्यक संशोधन गरेर अझै क्रियाशील र गतिशील बनाइने बताएका छन् । 

सोमबार विराटनगरमा आयोजना गरिएको कोशी प्रदेश स्तरीय कार्यकर्ता भेटघाट र अन्तर्क्रिया कार्यक्रममा सभापति थापाले वर्तमान संविधान सहमतिको दस्ताबेज भएकोले यसको संरक्षण आवश्यक भएको बताएका हुन् । 

उनले संविधान संशोधन गर्नैपर्ने अवस्था आएकाले फागुन २१ गतेको निर्वाचन पछि यसका लागि कांग्रेसले पहल लिने जानकारी दिए । उनले भ्रष्टाचारमुक्त शासन अहिलेको एजेण्डा भएकाले यसको नेतृत्व लिने गरी आगामी निर्वाचनमा होमिन कार्यकर्ताहरूलाई आग्रह गरे ।

उनले जेन-जी आन्दोलनमा उठेको भ्रष्टाचारमुक्त मुलुक र सुशासनका लागि अख्तियार, अदालत जस्ता संवैधानिक निकायहरूमा पनि व्यापक सुधार आवश्यक रहेको धारणा व्यक्त गरे।

त्यस्तै कांग्रेस नेता डा शेखर कोइरालाले युवा, मजदुर, किसान, व्यवसायी लगायत सबै वर्ग समुदायका लागि कांग्रेसले आवाज उठाउने बताए ।

त्यस्तै कांग्रेस नेता विजय गच्छदारले पार्टीभित्र अव कुनै विवाद नरहेको भन्दै एक ढिक्का भएर अघि बढेको उल्लेख गरे ।

त्यसैगरि अन्य कांग्रेस नेताहरूले पनि कांग्रेस एक भएर अघि बढेकोले कार्यकर्ताहरूले तल माथि नहेरी पार्टी निर्देशन अनुसार अघि बढ्नुपर्ने धारणा राखेका थिए । 

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ६ : ४३ बजे

सरकारी अस्पतालमा बिरामीका भार

चितवन– यहाँस्थित दुई सरकारी अस्पताल– भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल

‘वालेन्द्रसँग भारत सन्तुष्ट छैन, रविलाई सरकारको नेतृत्वमा ल्याउन चाहन्छ’

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले सत्ता टिकाउनका लागि

महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन

महेन्द्रनगर– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कञ्चनपुरको महाकाली नदीमा निर्माण भएको

पत्रकार र सांसदमाथि अर्थमन्त्रीको टिप्पणीप्रति प्रदीप ज्ञवालीको आपत्ति

काठमाडौं- नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आफूमाथि

नेप्से परिसूचक चार अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार अङ्कले ओरालो