नेता–कार्यकर्तालाई उपसभापति शर्माको आग्रह- निर्वाचनमा एकढिक्का भएर लागौँ « Khabarhub

नेता–कार्यकर्तालाई उपसभापति शर्माको आग्रह- निर्वाचनमा एकढिक्का भएर लागौँ


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कसैलाई गाली नगरी एकढिक्का भएर लाग्न नेता र कार्यकर्तालाई आग्रह गरेका छन् । 

कांग्रेस चितवनले आज आयोजना गरेको कार्यक्रममा उपसभापति शर्माले पार्टीभित्र भएको विशेष महाधिवेशनको परिणामलाई आत्मसात गर्दै देश बदल्ने संकल्पसहित गुटरहित मानसिकतामा चुनावमा सक्रिय हुन निर्देशन दिए।

उनले भने, ‘हामीले कसैलाई गाली नगरौँ, आफ्ना कुरा जनतालाई बुझाऔँ, निर्वाचनमा पार्टीलाई जिताउन लागौँ। हाम्रो इतिहास र सभ्यताको ख्याल गर्दै चुनावमा होमिऔँ।’

उपसभापति शर्माले पार्टीले फागुन २१ लक्षित गर्दै सञ्चालन गर्न लागेको २१ दिने अभियानको क्रममा जिल्ला, प्रदेश र केन्द्रले खटाएका नेताबाहेक अन्य नेताहरूले आफ्नै वडामा सक्रिय भएर काम गर्नुपर्ने स्पष्ट निर्देशन दिए। 

उनले भने, ‘अभियानका क्रममा आफ्नो वडामा सक्रिय भएर काम गरौँ। आफ्नो वडा छाडेर अर्काको वडामा जानु आवश्यक छैन। आफ्नै क्षेत्रमा पार्टी र देश बदल्ने नीति घरघरमा पुर्‍याऔँ।’

कार्यक्रममा केन्द्रीय सदस्य जीतनारायण श्रेष्ठले पार्टीले देशभर ७५ प्रतिशत युवा र नयाँ उम्मेदवार लिएर चुनावमा गएको उल्लेख गर्दै सबैलाई जिताउने गरी खटिन आग्रह गरे ।

त्यसैगरी, कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार राजेन्द्र बुर्लाकोटी, क्षेत्र नं २ की उम्मेदवार मीनाकुमारी खरेल र क्षेत्र नं ३ का उम्मेदवार टेकप्रसाद गुरुङले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै नेता तथा कार्यकर्ता एक भएर लाग्नुपर्नेमा जोड दिए ।

उम्मेदवारहरूले पार्टीले गरेका कामबारे जनतालाई जानकारी गराउँदै गोलबद्ध भई मतदाता जोड्ने अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ७ : २६ बजे

सरकारी अस्पतालमा बिरामीका भार

चितवन– यहाँस्थित दुई सरकारी अस्पताल– भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल

‘वालेन्द्रसँग भारत सन्तुष्ट छैन, रविलाई सरकारको नेतृत्वमा ल्याउन चाहन्छ’

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले सत्ता टिकाउनका लागि

महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन

महेन्द्रनगर– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कञ्चनपुरको महाकाली नदीमा निर्माण भएको

पत्रकार र सांसदमाथि अर्थमन्त्रीको टिप्पणीप्रति प्रदीप ज्ञवालीको आपत्ति

काठमाडौं- नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आफूमाथि

नेप्से परिसूचक चार अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार अङ्कले ओरालो