मधेशी आरक्षण जोगाउनुपर्नेमा अध्यक्ष यादवको ‍जोड « Khabarhub

मधेशी आरक्षण जोगाउनुपर्नेमा अध्यक्ष यादवको ‍जोड


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

डाक्नेश्वरी– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी र अन्य उपेक्षित समुदायका लागि सुनिश्चित गरिएको आरक्षण र उपलब्धि जोगाउन आम जनता सचेत हुनुपर्ने बताएका छन्।

सोमबार सप्तरीको डाक्नेश्वरी गाउँपालिका वडा नम्बर ६, फत्तेपुरमा आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यादवले न्याय, समता, पहिचान र अधिकारका लागि मधेश जनविद्रोह भएको स्मरण गराए। 

उनले भने, ‘लोकसेवा, शिक्षक सेवा, सुरक्षा निकाय लगायतमा आरक्षण मधेश जनविद्रोहको उपलब्धि हो। सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि खेर जान दिनु हुँदैन। आगामी निर्वाचनमा जसपा नेपाललाई मजबुत शक्ति बनाएर पठाउनु आवश्यक छ।’

उक्त अवसरमा अध्यक्ष यादवले आरक्षणका कारण सरकारी सेवामा मधेशी, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिम र अन्य अल्पसङ्ख्यक समुदायका प्रतिनिधिहरू देखिन थालेको बताए। उनले मधेशमा सरकारी लगानी न्यून भएको र यसले स्वास्थ्य, शिक्षा, रोजगारी र आधारभूत पूर्वाधारमा चुनौती निम्त्याएको पनि बताए।

अध्यक्ष यादवले वर्तमान शासन सत्तामा रहेका समूहहरू सङ्घीयतामा प्रश्न उठाएर उपलब्धि समाप्त पार्ने प्रयासमा रहेको उल्लेख गर्दै, त्यसविरुद्ध आफ्नो पक्षमा मतदान गर्न जनतालाई अपील गरे। 

उनले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि गलत भाष्य निर्माण गर्नेहरू शोषित र पछाडि पारिएका समुदायका हितैषी हुन सक्दैनन्।’

कार्यक्रममा जसपा नेपालका नेता तथा पूर्वमन्त्री रेणु कुमारी यादव, शैलेन्द्र प्रसाद साह, मधेश प्रदेशका पूर्व उपसभामुख उपमा देव, चन्देश्वर सदा, समानुपातिक उम्मेदवार चुल्हाइ मण्डल, जिल्ला अध्यक्ष सुनिल कुमार झा, सचिव जयनारायण यादव, डाक्नेश्वरी नगरपालिकाका पूर्व मेयर शिवनारायण साह, मेयर प्रत्यासी बेचु साह, युवा नेता राजेश्वर राय, शान्ता मेहता, ओमप्रकाश यादव लगायतले आ–आफ्नो धारणा राखेका थिए।

सोमबारै डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ का कटैया, बिसनपुर, औरही, जमुवा लगायतका टोलमा पनि पार्टी अध्यक्ष यादवसहित नेताहरू सहभागी भएका थिए।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ७ : ४३ बजे

हंसपुरका मेयर प्रदीपकुमार यादवको निधन

काठमाडौँ- धनुसाको हंसपुर नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ

‘राति नसुतेर पनि काम र २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरौँ’

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि राति

सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य

मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

काठमाडौं- उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका

परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवार जिताउनु गल्ती हुन सक्छ : रेखा थापा

काठमाडौं – अभिनेत्री रेखा थापाले परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु