राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य « Khabarhub

राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय तथ्यांक कार्यालयले गर्न लागेको ‘राष्ट्रिय आर्थिक गणना–२०८२’ लाई सफल र उपलब्धिमूलक बनाउने अभियानमा नेपाल उद्योग परिसङ्घ सरिक हुने भएको छ ।   

राष्ट्रिय आर्थिक गणना सञ्चालन तथा सहकार्य गर्ने सन्दर्भमा सोमबार आयोजित अन्तरक्रियामा परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अभियानलाई सफल तुल्याउन सम्पूर्ण उद्योगी व्यवसायीका तर्फबाट सक्दो सहयोग हुने बताए।  

राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले आगामी वैशाख २ गतेदेखि असार ८ गतेसम्म सञ्चालन हुने आर्थिक गणनाको सन्दर्भमा तयारीका कामहरू भइरहेको बताए। उनले आगामी चैत १ गतेदेखि ७७ जिल्लामा ८४ वटा कार्यालय स्थापना गरी स्थलगत रूपमा काम सुरू हुने जानकारी दिँदै उहाँले उक्त गणनाका क्रममा तीन हजार ९०० गणक र ५०० सुपरीवेक्षक प्रत्यक्ष सहभागी हुने बताए।

तथ्यांक कार्यालयले मुलुकको समग्र आर्थिक परिदृष्यलाई झल्काउने आर्थिक गणनालाई सार्थक र परिणाममुखी तुल्याउन परिसङ्घसहित व्यावसायिक सङ्घसंस्थाका तर्फबाट आवश्यक सहयोगको अपेक्षा गरेको छ ।   

तथ्यांक अधिकृत दीनानाथ लम्सालले अनौपचारिक अर्थतन्त्रअन्तर्गत नियमानुसार दर्ता नभइ सञ्चालनमा रहेका व्यवसायलाई समेत गणनाको दायरामा ल्याई अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउने उद्देश्य रहेको बताए।

यसअघि २०७५ सालमा पहिलो आर्थिक गणना भएको थियो । परिसङ्घका कार्यकारी महानिर्देशक डा घनश्याम पाण्डेको अध्यक्षतामा सम्पन्न अन्तक्र्रियामा उद्योगी व्यवसायीको उल्लेख्य सहभागिता रहेको थियो । 

यसैबीच सरकारले राष्ट्रिय आर्थिक गणना–२०८२ को तथ्यांक संकंलन गर्ने आदेश–२०८२ स्वीकृत गर्ने निर्णय आजै सार्वजनिक गरिएको छ ।  
 

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ८ : ०७ बजे

सरकारी अस्पतालमा बिरामीका भार

चितवन– यहाँस्थित दुई सरकारी अस्पताल– भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल

‘वालेन्द्रसँग भारत सन्तुष्ट छैन, रविलाई सरकारको नेतृत्वमा ल्याउन चाहन्छ’

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले सत्ता टिकाउनका लागि

महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन

महेन्द्रनगर– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कञ्चनपुरको महाकाली नदीमा निर्माण भएको

पत्रकार र सांसदमाथि अर्थमन्त्रीको टिप्पणीप्रति प्रदीप ज्ञवालीको आपत्ति

काठमाडौं- नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आफूमाथि

नेप्से परिसूचक चार अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार अङ्कले ओरालो