राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज « Khabarhub

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिउँसो २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ । गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो ।

सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम शपथ गराउने कार्यक्रम छ । शपथग्रहणका लागि आफ्नो पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपीसहित उपस्थित हुनुपर्नेछ ।

नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले कानुनअनुसार शपथको व्यहोरा आफ्नो मातृभाषाका अनुवाद गरी उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

निर्वाचन आयोगका अनुसार गत माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल, सुनिलबहादुर थापा निर्वाचित भएका थिए ।

मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर निर्वाचित छन् । त्यसैगरी बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका थिए ।

कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही तथा सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ७ : १७ बजे

अडानीविरुद्ध अमेरिकामा चलिरहेको घुसखोरी मुद्दा खारेज

न्युयोर्क– भारतीय अर्बपति उद्योगपति गौतम अडानीविरुद्ध अमेरिकामा चलिरहेको घुसखोरी तथा

अवैध नदी उत्खनन गर्नेहरू प्रहरी नियन्त्रणमा

मुस्ताङ– कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र उनीहरूले

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही– सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश पलायनले

२९ गतेको संस्थापन इतर समूहको भेलामा शेखर कोइरालाले सम्बोधन गर्ने

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा

मन्त्रिपरिषद्को बैठक ३ बजे बस्दै

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्को बैठक आज साउन २६ गते