कुलमानले सहयोग गरेको रापपाले समानुपातिकमा १ लाख मत कटायो, तर सिट शून्य « Khabarhub

कुलमानले सहयोग गरेको रापपाले समानुपातिकमा १ लाख मत कटायो, तर सिट शून्य


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौँ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्।

कुलमानले समानुपातिकतर्फ सहयोग गरेको  राष्ट्रिय परिवर्तन पार्टीले प्रत्यक्षतर्फ कुनै पनि क्षेत्रमा सिट जित्न सकेन। कुलमानको आफ्नै दल उज्यालो नेपाल पार्टीले पनि प्रत्यक्षतर्फ सफलता हासिल गर्न सकेन।

यद्यपि समानुपातिकतर्फ भने राष्ट्रिय परिवर्तन पार्टीले १ लाखभन्दा बढी मत प्राप्त गरेको छ। हालसम्मको मतगणनाअनुसार उक्त पार्टीले १ लाख १९ हजार ५०० मत पाएको छ, जुन कुल मतको करिब १.४३ प्रतिशत हो।

कुलमान घिसिङले ‘बाँसुरी’ चुनाव चिन्हमार्फत राष्ट्रिय परिवर्तन पार्टीलाई समानुपातिकमा सहयोग गरेका थिए। तर राष्ट्रिय स्वतन्त्र पार्टी सँग एकीकरणको चर्चा चलिरहेका बेला बन्दसूचीमा नाम बुझाउन नसक्दा पार्टीभित्र देखिएको कलहका कारण अन्ततः उक्त दलले कुनै सिट प्राप्त गर्न सकेन।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  १२ : २१ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली