कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत « Khabarhub

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका १९ मध्ये १५ जनाको जमानत जफत भएको छ ।

निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१(१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसके उम्मेदवारको जमानत जफत हुने व्यवस्था रहेको छ ।  सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा राजनीतिक दलका ११ र स्वतन्त्र चार जना उम्मेदवारको जमानत जफत भएको हो ।

जमानत जफत हुने उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तीर्थराज चटौतले एक हजार ९९३, जनमत पार्टीका रामचन्द्र भट्टले १२५, नेपाल मजदुर किसान पार्टीका सीताराम रानाले ७२ तथा राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्कीले १९५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका धर्मानन्द जोशीले १९५, संयुक्त नागरिक पार्टीका खडक तम्राकारले ३२, मितेरी पार्टी नेपालका तेजबहादुर बडवालले १८ तथा नेपाली कम्युनिष्ट पार्टी (माओवादी) का लोकेन्द्रबहादुर विकले १४३ मत प्राप्त गरेका छन् ।

उज्यालो नेपाल पार्टीका योगेन्द्रबहादुर साउदले ९३, नागरिक उन्मुक्ति पार्टी नेपालकी प्रेमवती रानाले ५६० र आम जनता पार्टीका जग्गु चौधरीले ३७ मत ल्याए पनि जमानत जोगाउन सकेनन् ।

स्वतन्त्र उम्मेदवारतर्फ वीरेन्द्र रानाले ८१, भानुभक्त बोहराले २६, सिद्धराज जोशीले १९ तथा हरिशबहादुर भट्टले ४४ मत प्राप्त गरेका छन् । उनहिरूको पनि जमानत जफत भएको छ ।

यस निर्वाचन क्षेत्रमा भने चार दलका उम्मेदवारले मात्र जमानत जोगाउन सफल भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा)का उम्मेदवार दीपकराज बोहरा ३३ हजार ९५२ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणप्रकाश साउदले १० हजार ८२७ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का बचनबहादुर सिंहले ६ हजार ४१८ मत ल्याउँदै तेस्रो स्थान हासिल गर्दा नेपाली कम्युनिष्ट पार्टीका माधव पन्तले ६ हजार ३३७ मतसहित चौथो स्थान प्राप्त गरेका छन् ।

कञ्चनपुर–२ मा कुल ६५ हजार ३४७ मत खसेको थियो । तीमध्ये ६१ हजार ११७ मत सदर भएको छ भने चार हजार २३० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यसैबीच, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा पनि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशसभाका पूर्व मानबहादुर सुनारको धरौटी जफत भएको छ ।

कञ्चनपुर–३ मा ५३ हजार ५१५ मत सदर भएकामा धरौटी जोगाउन पाँच हजार ३५२ मत आवश्यक थियो । तर सुनारले चार हजार २८४ मत मात्र प्राप्त गरेपछि उनको धरौटी जफत भएको हो । उक्त निर्वाचन क्षेत्रमा सुनारसहित १४ जनाको धरौटी जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस क्षेत्रमा १७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्रसिंह महताले २७ हजार ११८ मत ल्याउँदै विजयी भएका छन् । विजयी उम्मेदवारसहित चार जनाले मात्र धरौटी जोगाउन सकेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  १२ : ५५ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल

दर्ता नभएका फार्मेसीमा औषधि बिक्री वितरण नगर्न विभागको निर्देशन 

काठमाडौं– औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा