पर्वतमा समानुपातिकतर्फ रास्वपाकै फराकिलो बहुमत « Khabarhub

पर्वतमा समानुपातिकतर्फ रास्वपाकै फराकिलो बहुमत


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतमा समानुपातिक निर्वाचनतर्फ मतगणना सम्पन्न भएको छ । आज सम्पन्न अन्तिम मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य दलको तुलनामा दोब्बरभन्दा बढी मत प्राप्त गरेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिह्नले ३० हजार ७३५ मत पाएको छ । यसैगरी दोस्रोमा नेपाली कांग्रेसले १३ हजार ८७४ र तेस्रोमा नेकपा (एमाले) ले १३ हजार ३५० मत पाएका छन् । नेपाली कम्युनिष्ट पार्टीले तीन हजार ३८४ मत पाएको छ । 

यसरी नतिजा हेर्दा एमाले, कांग्रेस र नेकपा गरी तीन वटै दलले पाएको मतभन्दा रास्वपा एक्लैले पाएको मत बराबर जस्तै रहेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार ४७७ र राष्ट्रिय जनमोर्चाले १२८ मत पाएको छ । पर्वतमा समानुपातिकतर्फ साना ठूला गरी १५ वटा राजनीतिक दललाई मत परेको थियो । अन्य राजनीतिक दलको मत सङ्ख्या १०० भन्दा कम रहेको छ । 

पर्वतमा प्रत्यक्षतर्फ रास्वपाकै उम्मेदवार सागर भुसालले फराकिलो मतान्तरले विजयी भएका थिए । प्रत्यक्षतर्फ खसेको मत र समानुपातिक तर्फको मतमा कांग्रेस दोस्रो, एमाले तेस्रो र नेकपा चौथो तथा राप्रपा पाँचौँ स्थानमा परेका हुन् । 

पर्वतमा यसअघि नेकपा (एमाले) का उम्मेदवार पदम गिरी लगातार दुई पटक विजयी भएका थिए भने त्यसअघि तीन पटकसम्म नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी विजयी भएका थिए । 

पुराना राजनीतिक दल र पटकपटक दोहोरिएका उम्मेदवारहरूप्रति नागरिकको असन्तुष्टि बढेका कारण विगतका निर्वाचनभन्दा अझै फराकिलो अन्तरले रास्वपा उम्मेदवार भुसाल विजयी हुनुका साथै समानुपातिकतर्फ नयाँ दलले नै बढी मत पाएको हो । पर्वतमा समानुपातिकतर्फ ६६ हजार २८७ मत खसेकोमा एक हजार ६५४ मत बदर भएका हुन् । 

पर्वतका १४ उम्मेदवारको जमानत जफत हुने 

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पर्वतमा सबै मत परिणाम सार्वजनिक भइसकेको छ । अन्तिम मत परिणामअनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारसहित १४ जना उम्मेदवारको जमानत जफत हुने भएको छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनहरि तिमिल्सिनाले कूल सदर मतको १० प्रतिशत कटाउन नसकेका हुन् । 

शर्माले चार हजार ५५७ मत ल्याए । जिल्लामा प्रत्यक्षतर्फ कूल ६५ हजार ३७९ मतमध्ये कूल सदर मत ६३ हजार २०३ मतको १० प्रतिशत तिमिल्सिनाले कटाउन सकेनन् । उनले छ हजार ३२० मत ल्याउनुपर्ने थियो । पर्वतमा दुई हजार एक सय ७६ मत बदर भएका थिए । तिमिल्सिनाले  जिल्लामा बाँदर नियन्त्रणदेखि विकास निर्माणको समग्र खाका लिएर मतदाता सामु पुगे जिल्लामा चौथो स्थान प्राप्त गरेका छन् । 

राप्रपा उम्मेदवार दुर्गाबहादुर मल्लले ५२५, नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार ऐलिना सुवालले सात, नेपाल कम्युनिष्ट पार्टी माओवादीका कृष्णबहादुर विकले ११८, आम जनता पार्टीकी पवित्रा मल्लले पाँच, राष्ट्रिय जनमोर्चाका उम्मेदवार भिमलाल न्यौपानेले ८७ मत पाएका छन्। 

राष्ट्रिय जनमुक्ति पार्टीकी माया पाइजा पुन फकामी मगरले १९ मत, उज्यालो नेपाल पार्टीका उम्मेदवार यामबहादुर चोचांगी पुनले १२२, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीकी उम्मेदवार लालकुमारी थापा रानाले ४१, नेशनल रिपब्लिक नेपालका उम्मेदवार वीरबहादुर गुरुङले ९८ मत पाएका छन् ।  

स्वतन्त्रबाट उम्मेदवार बनेका सीतादेवी शर्माले आठ, सावित्री शर्माले तीन, मिना पौडेल शर्माले आठ र गङ्गालाल रिमालले पाँच मत पाएका हुन् । निर्वाचनमा होमिएका १७ जना उम्मेदवारमध्ये तीन वटा राजनीतिक दलको मात्र जमानत जोगिएको हो । 

पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर भुसालले २६ हजार ५६१ मत प्राप्त गरी विजयी भएका छन् भने दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले १५ हजार ९५४ र नेकपा (एमाले) का उम्मेदवार पदम गिरीले १५ हजार ७५ मत प्राप्त गरी तेस्रो भएका थिए  । उम्मेदवारी दर्ताका लागि पुरुषको हकमा रु दश हजार र महिलाको हकमा रु पाँच हजार धरौटी तिर्नुपर्ने प्रावधान रहेको छ । 
 

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  २ : ४८ बजे

आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका

वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट बच्न सबैलाई आग्रह

बाफलमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

काठमाडौं– काठमाडौँको बाफलमा स्कुटर दुर्घटना हुँदा आज एक महिलाको मृत्यु

जब राताम्य उम्मेदवारसँग पराजितले हार्दिकता साटे…..

नेपालको चुनावी राजनीति प्रायः आरोप–प्रत्यारोप, कटु टिप्पणी र दलगत टकराबले

गौरादहका नगरप्रमुखलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

झापा– गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीलाई घरमै गई दुर्व्यवहार गरेको