महोत्तरीमा २० हजार मत बदर « Khabarhub

महोत्तरीमा २० हजार मत बदर


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणना परिणामअनुसार प्रत्यक्षतर्फ महोत्तरीमा २० हजार मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको अन्तिम प्रतिवेदनमा जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा गरी १९ हजार ९३५ मत बदर भएको हो ।

क्षेत्रगत रूपमा महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा तीन हजार ९५४, निर्वाचन क्षेत्र नम्बर २ मा पाँच हजार ४४९, निर्वाचन क्षेत्र नम्बर ३ मा पाँच हजार १० र निर्वाचन क्षेत्र नम्बर ४ मा पाँच हजार ५२२ मत बदर भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले बताए ।

चार वटा निर्वाचन क्षेत्र रहेको महोत्तरीमा जम्मा चार लाख ३१ हजार २८२ मतदाता कायम गरिएकोमा प्रतिनिधिसभा सदस्य २०८२ मा जम्मा दुई लाख ६१ हजार ३४६ जनाले मतदान गरेका थिए । अर्थात् ६०.५९ प्रतिशत मतदान भएको थियो । जसमध्ये दुई लाख ४१ हजार ४११ मत (९२.३७ प्रतिशत) सदर भएको थियो । १९ हजार ९३५ मत (७.६२ प्रतिशत) बदर भएको हो । रासस

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ३ : ०२ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग