इलाम १ : कांग्रेसका ३५ वर्षीय निस्कल विजयी हुँदा श्रमसंस्कृतिका ३७ वर्षीय विनोद पराजित « Khabarhub

इलाम १ : कांग्रेसका ३५ वर्षीय निस्कल विजयी हुँदा श्रमसंस्कृतिका ३७ वर्षीय विनोद पराजित


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

इलाम- इलाम क्षेत्र नम्बर १ मा दुईजना युवा उम्मेदवारबीचको रोचक प्रतिस्पर्धामा नेपाली कांग्रेसका ३५ वर्षीय उम्मेदवार निस्कल राईले बाजी मारेका छन् ।

मतगणनाको अन्तिम समयसम्म यी दुई उम्मेदवारबीच कडा टक्कर चलेको थियो । तर अन्तत: नेपाली कांग्रेसका युवा नेता निस्कले श्रमसंस्कृति पार्टीका अर्का युवा नेता विनोद नेम्बाङ लिम्बुलाई पराजित गरे।

इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमाललेका ३६ वर्षीय सुहाङ नेम्बाङ विजयी हुँदा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार ३५ वर्षीय निश्कल राईले जित निकालेका हुन् ।

निर्वाचन आयोगका अनुसार राईले १४ हजार ५४३ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार लिम्बुलाई ९११ मतान्तरले पराजित गरेका हुन्। लिम्बू ३७ वर्षीय युवा नेता हुन् ।

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृतिका लिम्बुले अन्तिमसम्म टक्कर दिए पनि जित निकाल्न चुकेका छन् । श्रमसंस्कृतिले यसअघि खोटाङ, भोजपुर र सुनसरी १ बाट जित निकालेको छ। यससँगै कांग्रेसले यस पटक प्रतिनिधिसभामा प्रत्यक्षबाट १८ सिट जित्न सफल भएको छ।

यो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार काजीमान कागतेले ११ हजार ९६५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्। उनी ६४ वर्षीय हुन्। उता राष्ट्रिय स्वतन्त्र पार्टीका ५४ वर्षीय विमल गदालले ९ हजार १६० मत प्राप्त गरेका छन्।

इलाम–१ मा मुख्य प्रतिस्पर्धा कांग्रेस र श्रम संस्कृति पार्टीबीच देखिएको थियो। अन्ततः कांग्रेसका निस्कल राईले मतान्तर कायम राख्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल भएका हुन्।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ४ : ५० बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली