संखुवासभा र धनुषा १ बाहेक सबैको नतिजा, प्रत्यक्षमा एमालेभन्दा कांग्रेस दोब्बर ठूलो « Khabarhub

संखुवासभा र धनुषा १ बाहेक सबैको नतिजा, प्रत्यक्षमा एमालेभन्दा कांग्रेस दोब्बर ठूलो


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संखुवासभा र धनुषा क्षेत्र नम्बर १ बाहेक सबैतिरको नतिजा आइसकेको छ।

संखुवासभामा अहिले नेकपा एमालेका उम्मेदवार अगाडि छन्। यहाँ एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले १३०५१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिङमा शेर्पाले ११,७८९ मत ल्याएका छन्।

देशभरको नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिट जित्दा नेकपा एमाले ८ सिटमा खुम्चिएको छ। दोस्रो बनेको नेपाली कांग्रेसले १८ स्थान जितेको छ। एमाले अहिले संखुवासभामा अगाडि रहेकाले ९ सिट हुने सम्भावना छ । उता नेपाली कम्युनिस्ट पार्टीले ७ सीट जितेको छ ।

उता धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका किशोरी साह कमलको उम्मेदवारी खारेज हुँदा नेकपाका मातृका प्रसाद यादव अगाडि छन् । तर त्यहाँ घण्टीलाई यादवको भन्दा दोब्बर मत परेको छ।

उम्मेदवारी खारेजीलाई लिएर किशोरीले सर्वोच्चमा रिट हालेका छन् । सर्वोच्चले सोमबार यसमा कारण देखाऊ आदेश दिएको छ । यसबारे आगामी फागुन २९ मा मात्रै छिनोफानो भएर परिणामको टुंगो लाग्नेछ ।

उता पाँचौँ स्थानमा हर्क साम्पाङको श्रम संस्कृति पार्टी छ । उसले भोजपुर, खोटाङ र सुनसरी १ मा जित निकालेको छ। उसले इलाम र पाँचथरमा कडा प्रतिस्पर्धा गरेर सिट गुमाएको छ। उता राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट एक सिट जितेको छ।

प्रत्यक्षको मतगणना सकिनै लाग्दा समानुपातिकको जारी छ। हालसम्म समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले ४५ लाख ६४ हजार ३१४ मत ल्याइसकेको छ। नेपाली कांग्रेसले १५ लाख ३० हजार ३०९ मत ल्याउँदा नेकपा एमालेले १२,७६,४५१ मत ल्याएको छ।

नेपाल कम्युनिस्ट पार्टीले ६ लाख ८७ हजार १३६ मत ल्याएको देखिन्छ।

हर्क साम्पाङको श्रम संस्कृति पार्टीले ३ लाख २४ हजार ५३३ मत ल्याउँदा राप्रपाले ३ लाख २ हजार २०३ मत ल्याएको छ। उसले राष्ट्रिय दल हुने सम्भावना कायमै राखेको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ५ : २४ बजे

कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आज सकिँदै

काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समय आज

भीमफेदीको बैदमारमा जीप दुर्घटना, दुईजनाको मृत्यु

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा गए राति पिकअप

स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको घोषणा, तेल आपूर्तिमा संकट

काठमाडौँ – इरान र अमेरिकाबीचको सैन्य तनाव एकाएक उत्कर्षमा पुगेको

काठमाडौँमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु

काठमाडौँ– हिमालयन रिम फिल्म प्रदर्शनी सुरु भएको छ । ‘मार्शल

विश्वकप २०२६ का सबैभन्दा महंगा प्रशिक्षक को हुन् ?

फिफा विश्वकप २०२६ अब ढोकामै आइपुगेको छ। अमेरिका, मेक्सिको र