धनुषा–१ मा नेकपाका मातृका यादव विजयी घोषित, आयोगले दियो प्रमाणपत्र « Khabarhub

धनुषा–१ मा नेकपाका मातृका यादव विजयी घोषित, आयोगले दियो प्रमाणपत्र


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि धनुषा–१ मा नेकपाका उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित गरिएको छ।

निर्वाचन आयोगले यादवलाई प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो । उम्मेदवारी खारेज भए पनि निर्वाचनमा रास्वपालाई अत्यधिक मत प्राप्त भएपछि यो विषय सर्वोच्च अदालतसम्म पुगेको थियो ।

आज अन्तरिम आदेश जारी नगरेपछि धनुषा–१ मा नेकपाका उम्मेदवार मातृका प्रसाद यादवलाई विजयी घोषित गरिएको हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ९ : ५२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन