आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख  कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२६ अप्रिल ९ तारिख।  नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आफू खुशी भएर अगाडि बढ्ने क्षमता बढ्नेछ। विपक्षी साथी शान्त रहेकाले काम गर्ने अवसर मिल्नेछ। सञ्चित धन खर्च हुनेछ। अनुत्पादित क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृष : बौद्धिक साथीसँगको टकराबले घाटा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। खानपानमा भने रुची घट्नेछ। शिक्षा क्षेत्रको नतिजाका लागि धैर्य बन्नुपर्नेछ। आम्दानीका दृष्टिले व्यापारको क्षेत्र सफल देखिन्छ।

मिथुन : लगानीमा सहकार्य भए फाइदा हुनेछ। व्यापारमा नाफा कमाउने योग छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। बिहान धार्मिक कार्यमा सहभागी भएर भाग्य चम्काउने अवसर मिल्नेछ।

कर्कट : दिन सहज छ। बोलीमा नम्रताको खाँचो देखिन्छ। तपाईंको बोलीका कारण साथीभाइ टाढा पुग्ने जोखिम छ। व्यापारमा लगानी गरेको भए नाफा हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

सिंह : आज मन खुशी हुनेछ। लगानीका क्षेत्र सबल छन्। स्वास्थ्यमा सुधार हुनेछ। आफन्तको विश्वास गर्दा अप्ठेरो पर्ने भएकाले सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ। व्यापारमा नाफा होला ।

कन्या : मन अशान्त बन्नेछ। राजनीतिक क्षेत्रमा साथीहरुले घेराबन्दी गर्ने जोखिम छ। हरेक क्षेत्रमा मिहिनेत गर्नुपर्ने देखिन्छ। साथीभाइसँग सहकार्य भएमा काम बन्नेछ।

तुला : आम्दानीका दृष्टिले दिन राम्रो छ। राजनीतिबाट टाढै रहनु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा तपाईंले गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यले साथ दिँदा मनमा खुशी मिल्नेछ।

वृश्चिक : आज आम्दानी बढ्ने छ । प्रियजनसँगको भेटले मनमा खुसी प्राप्त हुनेछ । कतै रमाइलो घुमफिरको योजना बन्नसक्छ । बौद्धिक क्षेत्रका व्यक्तिसँग झुकाव राख्न सके दिन सहज बन्नेछ। ३र र  व्यवहार सहज बन्ने देखिन्छ ।

धनु : व्यवहारिक समस्याको समाधान हुने दिन छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रका साथीले सेवाका अवसर प्रदान गर्नेछन्। परिवारमा सल्लाह गरेर गरेको काम सफल बन्नेछ।

मकर : धन खर्च हुने दिन छ। काम गर्दा सोच्नुपर्ने हुनसक्छ। छलफलमा अरुको कुरा सुनेर मात्र आफ्नो धारणा राख्नु राम्रो हुनेछ। तपाईंले आफ्नो सोचेको मान्छेले विरोध गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

कुम्भ : स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। व्यवहार सहज बन्नेछ। सप्तम भावमा उदयमान चन्द्रमा पुगेकाले मन प्रशन्न बन्नेछ। धार्मिक क्षेत्रको अवलोकन गर्ने अवसर मिल्नेछ। व्यापारमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

मीन :काम गर्दा सचेत बन्नुपर्नेछ। राम्रो कुरा बोले पनि साथीहरुले गलत व्याख्या गर्ने जोखिम छ। शिक्षाको क्षेत्रमा धैर्य धारण गर्नुपर्ने हुनेछ। पठनपाठनमा आलस्य बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ५ : १२ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि