धवलागिरी क्याम्पसमा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना « Khabarhub

धवलागिरी क्याम्पसमा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको धवलागिरी बहुमुखी क्याम्पसमा एक करोड बढीको अक्षयकोष स्थापना गरिएको छ । २०७९ सालमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुदीप सागर कँडेलको नेतृत्वले छात्रवृत्ति प्रदानका लागि एक करोड ९ लाख ४१ हजार ६५१ को अक्षयकोष स्थापना गरेको हो ।

२०८० सालको तिहारमा देउसीभैलोबाट स्ववियु कार्यसमितिले अक्षयकोष निर्माण अभियान चलाएको थियो । अहिले आएर पूरा भएपछि क्याम्पसलाई हस्तान्तरण गरेको छ । विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिएर पढ्ने वातावरण बनाउनका लागि कोष स्थापना गरिएको निर्वतमान स्ववियु सभापति सुदीप सागर कँडेलले बताए ।

यस क्याम्पसमा स्नातक तहमा विज्ञान, बीबीसी र बिसीआइटी विषयको अध्यापन गरिन्छ । त्यसबाहेक स्नातकोत्तर तहमा एमबीएस, मानविकीतर्फ समाजशास्त्र, नेपाली, अङ्ग्रेजी तथा शिक्षा सङ्कायमा अध्यापन हुँदै आएको छ । क्याम्पसमा प्राविधिक विषय पढ्न चाहने विपन्न विद्यार्थीलाई यो कोषबाट सहयोग गरिने कँडेलले बताए ।

कार्यविधि बनाएर विद्यार्थीको छनोट गरी छात्रवृत्ति दिने क्याम्पस प्रमुख सुदर्शन सिलवालले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  १० : ५० बजे

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट