दैनिक ४० हजार लाइसेन्स छपाइ « Khabarhub

दैनिक ४० हजार लाइसेन्स छपाइ


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार हाराहारी ‘लाइसेन्स’ छपाइ भइरहेको छ ।

 उनले लाइसेन्स  छपाइलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिँदै हालसम्म छपाइ हुन बाँकी रहेका करिब २९ लाख लाइसेन्सलाई २०८३ साल असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको जानकारी दिए । यसमध्ये आगामी वैशाख १२ गतेभित्र १२ लाख लाइसेन्स छपाइ सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ भने बाँकी १७ लाख लाइसेन्स छपाइ प्रक्रिया पनि तीव्र रूपमा अघि बढाइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीले डा विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई ‘लाइसेन्स’ छपाइमा अवरोध आउन नदिन तथा छिटोभन्दा छिटो सबै बाँकी लाइसेन्स छाप्न निर्देशन दिएका छन् । मन्त्रालयले नतिजामुखी शासकीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले १० प्रमुख सुधारात्मक कार्यक्रम समेटिएको विस्तृत कार्ययोजनामा समेत यो विषयलाई प्राथमिकताका साथ राखेको छ । 

मन्त्रिपरिषद्को यही चैत १३ गतेको निर्णयअनुसार सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री, छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित यो कार्ययोजना अघि बढाइएको हो ।

यसैबीच, सेवाग्राहीलाई थप सहजताका लागि यातायात व्यवस्था विभागले दैनिक रूपमा छपाइ भएका तथा वितरण गरिने लाइसेन्सको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न थालेको छ । यसले सेवाग्राहीलाई आफ्नो लाइसेन्सको अवस्थाबारे सहज रूपमा जानकारी लिन सहयोग पुर्‍याउनेछ । 

त्यस्तै, छपाइ सम्पन्न भएका लाइसेन्स हुलाक सेवामार्फत जतिसक्दो चाँडो देशभरका विभिन्न यातायात कार्यालयमा पठाइने व्यवस्था गरिएको छ । यसले वितरण प्रक्रियालाई समेत व्यवस्थित बनाएको छ । 

यही गतिमा काम अघि बढ्ने हो भने लामो समयदेखि थाँती रहेको लाइसेन्स वितरणको समस्या निकट भविष्यमै पूर्ण रूपमा समाधान हुने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  १ : २२ बजे

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री

ब्वाँसो भागेपछि विद्यालय बन्द

सोल- दक्षिण कोरियामा चिडियाखानाबाट भागेको ब्वाँसो अझै नियन्त्रणबाहिर रहेपछि सुरक्षा

रुबीकुमारी भन्छिन् : मलाई यति माथिसम्म पुर्‍याइदिनु भयो, हर्क साम्पाङलाई भगवान् नै मान्छु

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुख पदका लागि दुईजना महिला सांसदको उम्मेदवारी दर्ता

‘मिस नेपाल नर्थ अमेरिका’को आवेदन खुला

काठमाडौं – ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ को आवेदन खुला

रविको भरपर्दा जिल्लियो राप्रपा, ज्ञानेन्द्र भन्छन् : उहाँले फोन गरेरै समर्थन छ भन्नु भएको हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भरपर्दा राष्ट्रिय प्रजातन्त्र