ब्वाँसो भागेपछि विद्यालय बन्द « Khabarhub

ब्वाँसो भागेपछि विद्यालय बन्द


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सोल- दक्षिण कोरियामा चिडियाखानाबाट भागेको ब्वाँसो अझै नियन्त्रणबाहिर रहेपछि सुरक्षा चिन्ताले स्थानीय विद्यालय बन्द गर्नुपरेको छ । खोजी अभियान तीव्र बनाइए पनि जनसुरक्षालाई प्राथमिकता दिँदै अधिकारीहरूले सतर्कता बढाएका छन् ।

सन् २०२४ मा जन्मिएको करिब ३० किलोग्राम तौलको नर ब्वाँसो बुधबार डेजिओन स्थित एक थिम पार्कको चिडियाखानाबाट भागेको थियो । यो सहर सियोलबाट करिब १५० किलोमिटर दक्षिणमा पर्छ । बिहीबारसम्म पनि ब्वाँसो नियन्त्रणमा नआएपछि आसपासका क्षेत्रमा त्रास फैलिएको छ ।

यसै कारण नजिकै रहेको डेजिओन सान्सियोङ प्राथमिक विद्यालय बन्द गरिएको डेजिओन महानगर शिक्षा कार्यालयका प्रवक्ताले जानकारी दिए । उनका अनुसार बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै विद्यालय सञ्चालन रोकिएको हो । ब्वाँसोको खोजीका लागि अग्निनियन्त्रक, प्रहरी तथा सैन्य बलसहित ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

डेजिओन अग्नि मुख्यालयका एक अधिकारीका अनुसार बिहान ड्रोन क्यामेरा प्रयोग गरेर खोजी सुरु गरिएको थियो, तर लगातार वर्षा भएपछि त्यसलाई रोकिनुपरेको थियो । प्रारम्भिक अनुसन्धानअनुसार ब्वाँसोले जमिन खनेर चिडियाखानाको पर्खाल कमजोर बनाउँदै भाग्न सफल भएको देखिएको छ ।

स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा भने उक्त ब्वाँसो सडक क्षेत्रमा स्वतन्त्र रूपमा घुमिरहेको देखिएको छ, जसले सर्वसाधारणमा थप चिन्ता बढाएको छ । यसअघि पनि सन् २०२३ मा सियोलकै एक चिडियाखानाबाट भागेको ‘सेरो’ नामक जेब्रा विश्वव्यापी चर्चा बनेको थियो ।

उक्त जेब्रालाई पछि साँघुरो गल्लीमा नियन्त्रणमा लिएर सुरक्षित रूपमा पुनः घेरामा फर्काइएको थियो । अधिकारीहरूले अहिले पनि ब्वाँसो जीवितै सुरक्षित नियन्त्रणमा ल्याउने लक्ष्यसहित खोजी अभियान जारी राखेका छन् र सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ३ : १४ बजे

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९