उपसभामुखमा श्रमसंस्कृतिकी रुबीलाई रास्वपापछि नेकपाको पनि समर्थन « Khabarhub

उपसभामुखमा श्रमसंस्कृतिकी रुबीलाई रास्वपापछि नेकपाको पनि समर्थन


२६ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुरलाई प्रतिनिधि सभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीपछि नेपाली कम्युनिस्ट पार्टीले पनि समर्थन गरेको छ।

हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीकी समानुपातिक सांसद उनलाई नेकपाले पनि समर्थन गर्ने निर्णय गरेको प्रमुख सचेतक युवराज दुलालले बताएका छन् ।

रास्वपा र नेकपाले समर्थन गरेसँगै रुबी प्रचण्ड बहुमतसहित उपसभामुख हुने पक्का भएको छ। रुबीको पक्षमा रास्वपाका १८२, नेकपाका १७ र श्रमसंस्कृतिका ७ जना सांसद उभिएका छन् । यससँगै रुबीको पक्षमा संसद्को दुईतिहाइ भन्दा धेरै मत जुटेको छ।

अब उनी उपसभामुख हुने निश्चित भएको छ । रुबीलाई श्रमसंस्कृतिले मधेशी जनजाति समूहबाट समानुपातिक सांसद बनाएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  २ : ४९ बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष