उपसभामुखमा श्रमसंस्कृतिकी रुबीलाई रास्वपापछि नेकपाको पनि समर्थन « Khabarhub

उपसभामुखमा श्रमसंस्कृतिकी रुबीलाई रास्वपापछि नेकपाको पनि समर्थन


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुरलाई प्रतिनिधि सभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीपछि नेपाली कम्युनिस्ट पार्टीले पनि समर्थन गरेको छ।

हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीकी समानुपातिक सांसद उनलाई नेकपाले पनि समर्थन गर्ने निर्णय गरेको प्रमुख सचेतक युवराज दुलालले बताएका छन् ।

रास्वपा र नेकपाले समर्थन गरेसँगै रुबी प्रचण्ड बहुमतसहित उपसभामुख हुने पक्का भएको छ। रुबीको पक्षमा रास्वपाका १८२, नेकपाका १७ र श्रमसंस्कृतिका ७ जना सांसद उभिएका छन् । यससँगै रुबीको पक्षमा संसद्को दुईतिहाइ भन्दा धेरै मत जुटेको छ।

अब उनी उपसभामुख हुने निश्चित भएको छ । रुबीलाई श्रमसंस्कृतिले मधेशी जनजाति समूहबाट समानुपातिक सांसद बनाएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  २ : ४९ बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो,

मतदातालाई गृहमन्त्री गुरुङको जवाफ, ‘कायापलट गर्न सक्दिनँ, बरू भोट फिर्ता लैजानुस्’

गोरखा- गोरखाको शहीद लखन गाउँपालिका-९ का मतदाताले चुनावका क्रममा गरेका

नक्साल नागपोखरीमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न