नेपाल क्यान्सर अस्पताल र आइएमई लाइफबीच समझदारीपत्रमा हस्ताक्षर « Khabarhub

नेपाल क्यान्सर अस्पताल र आइएमई लाइफबीच समझदारीपत्रमा हस्ताक्षर


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेड र आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । दुवै संस्थाबीच भएको समझदारीअनुसार क्यान्सर उपचार तथा अन्य स्वास्थ्य सेवामा बीमा पहुँच विस्तार गर्ने, बीमित तथा सम्बन्धित व्यक्तिलाई सहज सेवा उपलब्ध गराउने र स्वास्थ्य–बीमा क्षेत्रबीच सहकार्यलाई थप मजबुत बनाउने उद्देश्य रहेको छ ।

एमओयूको दायराअन्तर्गत नेपाल क्यान्सर अस्पतालले आइएमई लाइफका कर्मचारी, अभिकर्ता (एजेन्ट) तथा बीमित ग्राहकहरूलाई विभिन्न स्वास्थ्य सेवामा छुटसहितको सुविधा उपलब्ध गराउनेछ । अस्पतालले रेडियोलोजी, ल्याब सेवा र बेड चार्ज (आईसीयू बाहेक) मा छुट दिनेछ भने रेडिएसन थेरापी, ब्राकिथेरापी र केमोथेरापी सेवामा समेत छुट प्रदान गर्ने व्यवस्था गरिएको छ ।

साथै ‘हेल्थकेयर प्याकेज’ र ‘निरोगी’ प्याकेजमा पनि छुट दिइनेछ । यसैगरी, दुवै संस्थाको समन्वयमा स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम तथा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्यसम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ । अस्पतालले सबै सेवा प्रचलित चिकित्सा मापदण्ड, प्रोटोकल र नैतिक अभ्यासअनुसार प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

उता आइएमई लाइफले आफ्ना आन्तरिक तथा वाह्य सञ्चार माध्यममार्फत यी सेवाहरूको जानकारी तथा लाभका विषयमा प्रचार प्रसार गर्नेछ । यस साझेदारीले क्यान्सरजस्ता गम्भीर रोगको उपचारमा लाग्ने आर्थिक भार केही हदसम्म कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, स्वास्थ्य र बीमा क्षेत्रबीचको सहकार्यले दीर्घकालीन रूपमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  २ : ५७ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन

बागमतीमा सत्ताको खेलले राप्रपामा भाँडभैलो, केन्द्रको निर्देशन लत्याएपछि दलका नेता थापामाथि कारबाही !

काठमाडौं- बागमती प्रदेशमा सरकार गठनको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी