नीति तथा कानुन निर्माणमा सहजीकरण गर्न सदैव तयार छु : अध्यक्ष दाहाल « Khabarhub

नीति तथा कानुन निर्माणमा सहजीकरण गर्न सदैव तयार छु : अध्यक्ष दाहाल


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा ऐन कानुन निर्माण प्रक्रियामा सहजीकरण गर्न सदैव तयार रहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित चन्द्रलोक प्रतिष्ठानको छैटौँ वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष दाहालले राष्ट्रियसभाले कानुन निर्माण तथा सरकार र जनताको पुलको भूमिका निर्वाह गर्नुका साथै निरन्तर खबरदारी गर्दै आएको भन्दै आगामी दिनमा पनि नीति तथा ऐन कानुन निर्माण प्रक्रियामा सहजीकरण गर्न सदैव तयार रहेको बताएका हुन्  । 

उनले कानुनहरू व्यवहारिक, समावेशी र समयअकुल हुनुपर्ने उल्लेख गर्दै यसका लागि सामाजिक संस्थाहरूको अनुभव, सुझाव र सहभागिता अत्यन्त महत्त्वपूर्ण हुने धारणा राखे । 

सञ्चार, शिक्षा, स्वास्थ्य, व्यापार लगायतका क्षेत्रमा प्रविधिको प्रयोगले अभूतपूर्व परिवर्तन ल्याए पनि केही चुनौतीहरू पनि देखा पर्नु चिन्ताको विषय भएको उनले बताए । 

अध्यक्ष दाहालले नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त संविधानसहित अन्य उपलब्धिहरू, मानवता, देशप्रेम, राष्ट्रिय एकता र सहयोगी भावनाको संरक्षण र प्रवर्द्धन गर्न सामाजिक संस्था तथा व्यक्तिहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिए । 

युवा पुस्तालाई सही मूल्य, आदर्श र जिम्मेवारी बोध दिलाउनु आजको मुख्य आवश्यकता भएकाले युवाहरूलाई केवल दक्ष मात्र नभई जिम्मेवार नागरिकका रूपमा पनि तयार गर्नुपर्ने उनको भनाइ छ । कार्यक्रममा प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ३ : ४६ बजे

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट