पाकिस्तानमा इसाई बालिकाको अपहरण र जबरजस्ती विवाह भएपछि बेलायती सांसद चिन्तित « Khabarhub

पाकिस्तानमा इसाई बालिकाको अपहरण र जबरजस्ती विवाह भएपछि बेलायती सांसद चिन्तित


२६ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायती संसदीय समूहले पाकिस्तानमा मारिया शाहबाज नामकी इसाई बालिकाको अपहरण र जबरजस्ती विवाहको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । पाकिस्तानको संघीय संवैधानिक अदालतले सो विवाहलाई वैधानिक ठहर गरे पनि बालिकाका पिताले भने उनी नाबालिक रहेको र उनलाई दबाबमा पारेर धर्म परिवर्तन गराइएको दाबी गर्दै आएका छन् ।

पाकिस्तानी अल्पसंख्यकका लागि सर्वदलीय संसदीय समूहले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानको न्याय प्रणालीको सम्मान गरे पनि अल्पसंख्यक समुदायका बालिकाहरूको सुरक्षामा प्रश्न उठाएको छ । दशकौँदेखि इसाई र हिन्दु अल्पसंख्यक बालिकाहरूलाई मुस्लिम पुरुषहरूले लक्षित गरी अपहरण, बलात्कार र जबरजस्ती धर्म परिवर्तन गराउने गतिविधि देखिएको समूहको ठहर छ।

यस्ता घटनामा अदालतहरू अक्सर अपहरणकारीकै पक्षमा उभिने गरेकाले पीडितले न्याय पाउन ठुलो कानुनी र सामाजिक अवरोध झेल्नुपर्ने अवस्था छ। संसदीय समूहका सह-अध्यक्ष लर्ड एल्टनले बालबालिकाको सुरक्षा र अल्पसंख्यकको संरक्षण आधारभूत सिद्धान्त भएको बताए ।

विशेषगरी नाबालिक जोडिएका घटनामा उच्च तहको छानबिन र पारदर्शिता आवश्यक हुने उनको भनाइ छ। समूहले पाकिस्तानी अधिकारीहरूलाई यस्ता सबै आरोपहरूको उचित अनुसन्धान गर्न र कानुन कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ।

यसैबीच, समूहले सुकुम्बासी बस्तीमा बस्ने क्रिस्चियन समुदायको उठिबासको विषयलाई पनि उठाएको छ। गरिबी र आवास बजारमा हुने विभेदका कारण उनीहरूका लागि बस्ने अन्य कुनै विकल्प नरहेको भन्दै समूहले चिन्ता व्यक्त गरेको छ। अल्पसंख्यकहरूको सुरक्षाका लागि अन्तर्राष्ट्रिय सहयोगलाई थप बलियो बनाउन समेत माग गरिएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ४ : ५८ बजे

साउदी अरबमा भएको आक्रमणमा एक नेपालीको मृत्यु, तीन घाइते

काठमाडौं – साउदी अरबमा हालै भएको आक्रमणमा परी एक नेपाली

अस्ट्रेलियामा लागुऔषध प्रयोग गर्नेको सङ्ख्या बढ्दै, ५१ प्रतिशतले सेवन गरेको तथ्याङ्क

क्यानबेरा – अस्ट्रेलियाका आधाभन्दा बढी नागरिकले आफ्नो जीवनकालमा कम्तीमा एकपटक

मायादेवीका १४८ सुकुम्बासी परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

रूपन्देही – रूपन्देहीको मायादेवी गाउँपालिका–७ का १४८ सुकुम्बासी परिवारले १३

किङ्स कप राष्ट्रिय भलिबलमा आयोजक र गण्डकीको लगातार दोस्रो जित

कास्की – पोखरामा जारी ‘फेवा किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष

स्थानीय तह र प्रदेशसभा निर्वाचन संविधानले तोकेको समयमै हुनुपर्छ : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले