बिरामीको संख्या बढ्दा रगतको माग उच्च « Khabarhub

बिरामीको संख्या बढ्दा रगतको माग उच्च


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा गरिएको परीक्षणका क्रममा पछिल्ला पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको रगतमा एचआईभी संक्रमण (रिएक्टिभ) फेला परेको छ ।

सुरक्षित रगत आपूर्तिका लागि सोसाइटीले झापाको भद्रपुर, बिर्तामोड र दमकमा रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । सङ्कलित रगत बिरामीलाई चढाउनुअघि एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी र भिरिङ्गीजस्ता सरुवा रोगहरूको अनिवार्य प्रयोगशाला परीक्षण गर्ने क्रममा यी तथ्य बाहिर आएका हुन् ।

रगत जाँचका क्रममा आर्थिक वर्ष २०७८–७९ मा एक जना, आव २०७९–८० मा दुई जना, आव २०८०–८१ मा छ जना, आव २०८१–८२ मा १४ जना र आव २०८२–८३ मा छ जना रक्तदाताको रगतमा एचआईभी पोजेटिभ फेला परेको रक्तसञ्चार सेवा केन्द्र भद्रपुरका इञ्चार्ज शिशिर दाहालले जानकारी दिए ।

आव २०८१–८२ मा सबैभन्दा बढी १४ जना रक्तदाताको रगतमा एचआईभी पोजेटिभ भेटिएको उनले जानकारी दिए । सेवा केन्द्रमा जाँच गरिएका रगतमा एचआईभी पोजेटिभ देखिएमा पुनर्पुष्टिका लागि थप परीक्षण र परामर्शका लागि सिफारिस गरिदै आएको उनको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार सेवा केन्द्रमार्फत झापाका अस्पतालमा हरेक वर्ष १७ हजार युनिटभन्दा बढी सुरक्षित रगत आपूर्ति गर्दै आएको छ । जिल्लामा पाँच हजारभन्दा बढी स्वयमसेवी रक्तदाता छन् ।

हरेक वर्षको वर्षायाममा रक्तदान कार्यक्रम सञ्चालन नहुने र खेतीको समय हुने भएकाले जिल्लामा रगतको अभाव हुने गरेको छ । क्यान्सर, मिर्गौला, एनिमिया लगायतका बिरामीको सङ्ख्या बढ्दै गएकोले रगतको माग पनि बढिरहेको छ ।

रेडक्रसले रगत दान गर्नुअघि र गरिसकेपछि गरिने यस्ता परीक्षणले बिरामीलाई सर्न सक्ने सम्भावित संक्रमणबाट जोगाउन महत्वपूर्ण भूमिका खेलिरहेको जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ७ : ०७ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग