रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै « Khabarhub

रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘सक्षम सांसद, सशक्त संसद’ संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सुरु गर्दैछ ।

पार्टीकको केन्द्रीय प्रशिक्षण विभागले ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सञ्चालन गर्ने कार्यक्रमको उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्लेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम बिहान ११ बजे सुरु हुनेछ ।

संसद्लाई प्रभावकारी बनाउन र सांसदहरूको कानुनी एवं नीतिगत सीप विकास गर्न प्रशिक्षण कार्यक्रम राखिएको रास्वपाले जनाएको छ ।

कार्यक्रमको पहिलो दिन आज महामन्त्री भूपदेव शाहले पार्टी, सरकार र सदनबीचको समन्वयकारी सम्बन्धका बारेमा प्रशिक्षण दिने छन्।

यस्तै, संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय समितिहरूमा सांसदहरूले खेल्नुपर्ने भूमिका तथा सांसद निशा डाँगीले संसदीय अभ्यास एवं दलीय समन्वयमा सचेतकको भूमिकाबारे विधिहरू प्रस्तुत गर्ने छिन्।

भोलिसम्म चल्ने प्रशिक्षणमा सचेतक क्रान्तिशिखा धितालले राजनीतिक मनोविज्ञान, व्यवहार र उच्च नैतिक आचरणका बारेमा प्रशिक्षण दिने छिन् भने परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र राजकीय मर्यादाका प्राविधिक पक्षहरूबारे जानकारी गराउने छन् ।

आइतबार पार्टी सभापति रवि लामिछानेले विशेष निर्देशनात्मक मन्तव्यसहित प्रशिक्षण कार्यक्रमको समापन गर्ने तालिका छ ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ९ : २५ बजे

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान

कार्यस्थलमा स्तनपान कक्षको अभाव

झापा– झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको

गत वर्ष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३

बिहार उपनिर्वाचन: भाजपाको ३० वर्ष पुरानो किल्लामा, प्रशान्त किशोर विजयी

काठमाडौँ – भारतको बिहारस्थित बाँकीपुर विधानसभा सिटमा जन सुराज पार्टीका

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण