घरमै राहदानी पुर्‍याउन तयार छन् ‘हल्कारा’ « Khabarhub

घरमै राहदानी पुर्‍याउन तयार छन् ‘हल्कारा’


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– दश दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएअनुरूप सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन ‘हल्कारा’ तयारी अवस्थामा छन् ।

हुलाक कार्यालयमा आएका चिठी, पत्रपत्रिका र पार्सल सम्बन्धित व्यक्तिको हातमा पुर्‍याउने श्रेणीविहीन कर्मचारीलाई ‘हल्कारा’ भनिन्छ । जिल्ला हुलाक कार्यालयले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘सरकारी कुरियर सेवा’ सञ्चालन गरिरहेका बेला प्रशासन कार्यालयसितको सम्झौतामा आगामी दिनमा घरदैलोमै राहदानी चाहने सेवाग्राहीका लागि सहजता दिन तयारी गरिसकेको छ ।

जिल्ला हुलाक कार्यालयका प्रमुख सरोज पाण्डेयले प्रशासन कार्यालयसितको सम्झौतापछि घरमै राहदानी पुर्‍याउने कामको प्रक्रिया सुरु भइसकेको जानकारी दिए । ‘प्रशासनमा राहदानी फारमसँगै घरमै राहदानी चाहने सेवाग्राहीले ठेगानासहितको छुट्टै फारम पनि सो प्रयोजनका लागि फारम भर्न थालिसकेका छन्,’ प्रमुख पाण्डेयले भने, ‘अबको दुई सातापछि नयाँ राहदानी जिल्लामा पुग्नासाथ हुलाक कर्मचारी जिल्लाभर वितरण थाल्नेछन् ।’ उनले त्यसका लागि कञ्चनपुरका नौवटै पालिकाका हुलाका कार्यालय तयारी अवस्थामा रहेको जानकारी दिए ।

‘हुलाकका हुलाकी, पत्र वितरक, डाक बाहक, हुलाकी प्रतिनिधि र हल्कारालगायतका पदमा जिल्लाभर ५४ जना कर्मचारी छन्’, पाण्डेयले भने, ‘प्राप्त भएको राहदानीहरू सेवाग्राहीको घरसम्मै पुर्‍याउने काम हल्कारा ९श्रेणीविहीन कर्मचारी०ले गर्नेछन् ।’ दुई गाउँपालिका र सात नगरपालिका रहेको कञ्चनपुरमा सबै पालिकामा हुलाका कार्यालयमार्फत सेवा प्रदान भइरहेको छ । ‘यहाँको कान्छो हुलाक कार्यालय लालझाडीमा स्थापना पछिल्लो समय भयो’, उनले भने, ‘अब सेवाग्राहीले राहदानी लिन कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास छ ।’

सरकारको स्वीकृत १०० कार्यसूचीअन्तर्गत को बुँदा नम्बर २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअनुसार यो सेवा कार्यान्वयनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सेवाग्राहीको राहदानी घरमै पुर्‍याउने सेवा आरम्भ भइसकेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ११ : १४ बजे

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल