रूस–युक्रेन युद्धविराम विस्तार हुने ट्रम्पको अपेक्षा « Khabarhub

रूस–युक्रेन युद्धविराम विस्तार हुने ट्रम्पको अपेक्षा


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच शनिबार देखि सुरु हुन लागेको तीन दिने युद्धविराम सम्झौता विस्तार हुने अपेक्षा व्यक्त गरेका छन् ।

वासिङ्टनमा पत्रकारहरूसँगको साक्षतकारमा बोल्दै राष्ट्रपति ट्रम्पले युद्धविरामको  विस्तार हेर्न चाहेको र यसको बलियो सम्भावना रहेको बताएका छन् । 

यस अघि ट्रम्पले रूस र युक्रेनले पनि अस्थायी युद्धविराम सम्झौताको एक चरणका रूपमा एक हजार युद्धबन्दी आदान–प्रदान गर्ने घोषणा गर्नु भएको थियो । उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई व्यक्तिगत रूपमा यो प्रस्ताव गरेको र दुवै नेता यसमा सहमत भएको बताए । 

 राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्ने उद्देश्यले हाल वार्ता जारी रहेको बताए। संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रूस र युक्रेनले तीन दिनको युद्धविराममा सहमत भएका छन्, जुन मे ९– ११ सम्म लागू हुने बताइएको छ । 

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ३ : ३६ बजे

गत वर्ष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३

बिहार उपनिर्वाचन: भाजपाको ३० वर्ष पुरानो किल्लामा, प्रशान्त किशोर विजयी

काठमाडौँ – भारतको बिहारस्थित बाँकीपुर विधानसभा सिटमा जन सुराज पार्टीका

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले