अमेरिकामा नेपालीबाटै अस्मिता लुटिएकी युवतीको बयान- ‘मैले नेपालीकै सहयोग पाइनँ’ « Khabarhub

अमेरिकामा नेपालीबाटै अस्मिता लुटिएकी युवतीको बयान- ‘मैले नेपालीकै सहयोग पाइनँ’



काठमाडौँ – केही दिनअगाडि अमेरिकामा एक युवतीले आफूमाथि जबर्जस्ती करणी भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखिन् । डाइभर्सिटी भिसा (डिभी) मार्फत अमेरिका पुगेकी उनलाई काम खोजिदिने आश्वासन दिएका झापा घर भएका मदन अधिकारीले जबर्जस्ती करणी गरेको उनको आरोप छ ।

२४ वर्षीया युवतीको मदनसँग नेपाली घरबेटीले काम खोजिदिने नाममा चिनजान गराएका थिए । एक दिन काम भेटिएको र त्यहाँ बोलाएको भन्दै लिन आएका थिए । तर, युवकले काम गर्ने ठाउँमा नभएर आफ्नो फ्ल्याटमा लगेर अपराध गरेको युवतीको भनाइ छ ।

भर्जिनिया प्रहरीले मदनलाई खोजिरहे पनि उनी सम्पर्कबाट भागिरहेको पीडितले खबरहबसँग सुनाइन् । ‘भर्जिनियामा म सुरक्षित छैन । यहाँका नेपाली समुदायले अपराधीसँग मेलमिलापका लागि पहल गरे । म अमेरिका त्यो केटालाई ब्ल्याकमेल गरेर पैसा कमाउन गएकी होइन । मलाई न्याय दिनुस् । ममाथि भएको अत्याचारका लागि सबैले सहयोग गर्दिनुस्,’पीडितले आफूमाथि भएको अपराधको बेलिविस्तार खबरहबसँग यसरी सुनाइन् :

नेपालमा मेरो घर बाजुरा जिल्ला हो । हाल अमेरिकाको भर्जिनियामा बस्छु । डिभी परेर अगस्टमा अमेरिका पुगेँ । सुरुमा टेक्सास बसे पनि पछि कामको खोजीमा भर्जिनिया पुगेकी हुँ । नेपाली घरबेटी थिए । उनीहरूले सेभेन इलाभेन (स्टोर) मा काम गर्ने एक भाइ भएको र पहिले आफ्नो घरमा पनि बसेको बताए । उनी मदन अधिकारी थिए ।

काम खोज्ने नाममा अपराध

उहाँहरूले मदनसँग परिचय गराइदिनुभयो । हामीले त्यसैबेला फोन नम्बर साटासाट गर्‍यौँ । मलाई काम खोज्न उसैले सहयोग गर्ने कुरा भयो । उसले साहुसँग बुझेर फोन गर्छु भनेर छुट्टियो । केही दिनमा उसले मलाई फोन गर्‍यो । तर, त्यतिबेला म मोबाइल अफ गरेर सुतेकी थिएँ । उनी म बस्ने ठाउँमै आएर बेल बजाए । काम गर्ने ठाउँमा बोलाएको बताए । त्यसपछि तयार भएर उसैसँग गएँ ।

तर, उसले आफ्नो फ्ल्याटमा लगेर गयो । काममा जाने भनेर किन फ्ल्याटमा ल्याएको भनेर प्रश्न गरेँ । उसले एकछिन काम भएको बतायो । बैठक कोठामा बस्न भन्यो । तर, उसको मनसाय अर्कै रहेछ । मेरो प्रतिकारका बाबजुद उसले जबर्जस्ती गर्‍यो । मैले सकेको चिच्याएँ । गुहार मागेँ । धेरै रोएँ । तर, त्यो घरमा दिउँसो कोही नबस्ने रहेछन् ।

सबै काममा जाने बेला परेको थियो । भारतीय होटल व्यापारीले आफ्ना स्टाफ बस्नका लागि भाडामा लिएको घर रहेछ । नेपाली मदन मात्रै बस्ने, अरू सबै भारतीय र पाकिस्तानी बस्ने । गुहार माग्दा पनि नपाइने ठाउँमा लगेको रहेछ । विकटकी केटी अर्काको देशमा के गर्ने र के नगर्ने मेसै पाइनँ । म रुँदै थिएँ । रगत बगेको थियो । उसले गाडीमा हालेर मेडिकल लगेर ७२ घण्टे औषधि खुवायो । फेरि फ्ल्याटमा लगेर त्यस्तै व्यवहार दोहोर्‍यायो ।

गुहार माग्दा पनि नपाइने ठाउँमा लगेको रहेछ । विकटकी केटी अर्काको देशमा के गर्ने र के नगर्ने मेसै पाइनँ । म रुँदै थिएँ । रगत बगेको थियो । उसले गाडीमा हालेर मेडिकल लगेर ७२ घण्टे औषधि खुवायो । फेरि फ्ल्याटमा लगेर त्यस्तै व्यवहार दोहोर्‍यायो ।

मारिदिने धम्की बेलुका मेरो कोठामा लगिदिने बेला उसले यो कुरा कसैलाई भने ‘मारिदिन्छु’ भनेर धम्की दियो । काम पाएकी छैन । पैसा छैन । जबर्जस्ती करणी भएको छ । साथ सहयोग गर्ने कोही छैन । त्यसमाथि उसैको धम्की । म शारीरिक र मानसिक दुवै रूपमा गलेँ ।

त्यसैबखत घरबेटीले छोरालाई कोठा चाहियो भनेर छोड्न भने । नेपालमा भएका एक जना दाइलाई भनेर अर्को कोठा खोज्न लगाएँ । उहाँले तुरुन्तै अमेरिकामा भएका आफन्तलाई भनेर कोठा र काम दुवै खोजिदिनुभयो ।

अर्को घरमा सरे पनि मदनले फोन गर्ने र धम्की दिन छोडेन । त्यसपछि उसको ब्ल्याकमेल सुरु भयो । कसैलाई भने कुनै अपराधमा फसाइदिने डर देखाउँथ्यो । आफूलाई मन लागेका बेला बोलाउने गर्थ्यो । इन्कार गर्‍यो भने अपशब्दले गाली गर्ने गर्थ्यो । मेरो आँसु र पीडाको कुनै मूल्य थिएन । राति दुई बजे पनि लिन आउने, गाँजा र रक्सी खाएर सम्बन्ध राख्थ्यो ।

साथीसँग सम्बन्ध राख्न दबाब

उसले आफूसँग मात्रै होइन, उसका साथीसँग पनि सम्बन्ध राख्न कर गर्थ्यो । तर, साथीले बरु ‘यो केटी धेरै सानी छे, रोइराखेकी छे, सम्बन्ध बनाउँदिनँ’ भनेर इन्कार गर्थे । मेरो फोनबाट मदनले आफूलाई मेसेज गर्थ्यो– ‘मलाई लिन आइज’ भनेर । आफ्नोबाट ‘मेरोमा नआइज’ भनेर रिप्लाई गर्ने र स्क्रिनसट गरेर राख्ने । मैंने केस गरेँ भने आफैँले सम्बन्धका लागि पहल गरेको देखाउन उसले त्यस्तो गर्थ्यो ।

फ्ल्याटमा म भएको बेला नेपालबाट उसकी गर्लफ्रेन्डको फोन आयो भने मलाई स्टोर रुममा थुनेर राख्थ्यो । गर्लफ्रेन्डलाई “कोही छैन, कुकुर्नी शंका गर्छेस् ?” भनेर थर्काउँथ्यो । उसले भने अनुसार उसकी गर्लफ्रेन्ड नर्स हुन् । तर, नर्ससँगै अरू पाँच जना केटी पट्याएको भनेर सगौरव भन्थ्यो । “मेरो अमेरिकाको ग्रिनकार्ड देखेर सबै पटिन्छन्” भन्ने उसको घमण्ड थियो । हाकाहाकी नर्सले छोडे पनि अरू छँदैछन् भन्ने ।

ग्रिनकार्डको लोभले जीवन बर्बाद

ममाथिको अत्याचार आफ्नो ठाउँमा छ । ती नर्स र अन्य केटी यो अपराधीको सिकार नहुन् भनेर मिडियामा आएकी हुँ । केटाको अमेरिकाको ग्रिनकार्ड मात्रै देखेर नफस्नू भन्ने मेरो आशय हो । उसले मेरो जिन्दगी बर्बाद गर्‍यो । यसले धेरै केटी फसाएको छ । धेरैले बोलेनन् । तर, म नेपालमा यो मान्छेले आश्वासन देखाएका केटी नफसून् भनेर सचेत गराउन चाहन्छु ।

फ्ल्याटमा म भएको बेला नेपालबाट उसकी गर्लफ्रेन्डको फोन आयो भने मलाई स्टोर रुममा थुनेर राख्थ्यो । गर्लफ्रेन्डलाई ‘कोही छैन, कुकुर्नी शंका गर्छेस् ?’ भनेर थर्काउँथ्यो । उसले भने अनुसार उसकी गर्लफ्रेन्ड नर्स हुन् । तर, नर्ससँगै अरू पाँच जना केटी पट्याएको भनेर सगौरव भन्थ्यो ।

एक दिन ६० डलर माग्यो । यहाँको मोबाइल बैंकिङजस्तो ट्रान्सफर गरिदिएँ । त्यतिबेला पूरा नाम लेख्नुपर्‍यो । नाम उसैले आफैँ लेख्यो । पूरा नामसहित पैसा ट्रान्सफर गरेको मेसेज आयो । तब बल्ल थाहा भयो– उनी अधिकारी थरका रहेछन् ।

नेपालमा उसको घर कहाँ हो भनेर सोध्दा कहिल्यै भनेन । पाल्पा रामपुर दर्छा वार्ड नम्बर– १ को स्थायीवासी हुन् । कमेन्टमा एउटा आईडीबाट मदनले पहिले पनि एक विवाहित महिलालाई फसाएको र अपराधबाट उम्किन उक्त महिलाको खानामा विष हालिदिएको र पुलिसकेस भएको कुरा आयो ।

मदन आफैँले पनि ‘एउटी केटीले प्रहरीकहाँ केस गरेकी थिई, तैँले पनि गर्छेस् भनेर पहिले योजना बनाइसकेको छु’ भन्ने गर्थ्यो । सामाजिक सञ्जालमा साथी नबनाउने, परिचय नखुलाउने कारण त्यो थियो ।

कोही नेपालीकहाँ जानै नदिने, लोकेसन ट्रयाक गर्थ्यो । म घरबेटीलाई आफूमाथि भएको बारेमा बताउन चाहन्थेँ । तर, कम्युनिटीमा प्रहरी आएको राम्रो नमान्ने रहेछन् । दुर्व्यवहार भएकी केटी घरमा राखेपछि प्रहरी आउने भयो, घर किनबेचमा समस्या आउँछ भन्ने रहेछ । बस्ने बास पनि पाउँदिनँ कि भनेर भन्न सकिनँ ।

त्यसमाथि पुलिसकेस गर्‍यो भने मारिदिने धम्की दिएको थियो । ‘जहाँ भेट्यो त्यहीँ काट्छु, तैँले केही गर्न सक्दिनस्’ भन्थ्यो । मारिहाल्ला कि भन्ने डरले सबै घटना र प्रहरीमा जाने तयारी स्थगित गरेकी थिएँ ।

समुदायले मेलमिलाप गर्न दिएको दबाब

कसैलाई नभनी यो समस्याबाट कसरी निस्कने भनेर सोचिरहेकी थिएँ । करिब ६ महिना भइसकेको थियो अत्याचार सहेको । सधैँ झगडा, सधैँ तनाव थियो । एक दिन बाथरुममा लडेछु । आँखा र टाउकोमा चोट थियो । घाँटीमा रातो धब्बा थियो । उसैले फोन गरेर ‘यो केटी आत्महत्या गर्न लागेकी छे’ भनेर प्रहरी बोलायो ।

मेरो अवस्था देखेर प्रहरीले पहिले अस्पताल लग्यो । होस आएपछि सोधपुछमा लगे । मैले अङ्ग्रेजी जान्दिनँ भनेपछि उनीहरूले ‘तिम्रो देश कुन हो ?’ भनेर सोधे । नेपाल भनेपछि, नेपाली ट्रान्सलेटर ल्याए । ‘मदन अधिकारी को हो ? कसरी बाथरुममा लड्यौ ?’ भनेर पुछताछ गरे ।

त्यसपछि मदन मेरो कोही होइन, काम मिलाइदिने नाममा जबर्जस्ती करणी गरेको र धम्काउँदै आइरहेको बताएकी छु । यसरी पहिलोपटक प्रहरीलाई बयान दिएँ । मेरो बयानकै आधारमा केस पर्‍यो । तर, मदनलाई सम्पर्कमा बोलाउँदा नआएको प्रहरीको भनाइ छ । मैले अमेरिकाको कानुन बुझेकी छैन । अर्को स्टेट गएको छ वा नेपाल फर्किएको बारे केही थाहा छैन ।

अमेरिकामै केस बढ्यो भने उतैबाट लड्छु । अमेरिकाले चासो देखाएन भने नेपालबाटै केस गर्छु भन्ने सोच आयो । नेपाली कम्युनिटीको संस्थासँग न्यायका लागि पहल गरेँ ।

अमेरिकामै केस बढ्यो भने उतैबाट लड्छु । अमेरिकाले चासो देखाएन भने नेपालबाटै केस गर्छु भन्ने सोच आयो । नेपाली कम्युनिटीको संस्थासँग न्यायका लागि पहल गरेँ । तर, उनीहरूले मेलमिलापका लागि जोड दिए । त्यो कम्युनिटीसँग मदनले आफ्नो सबै कर्तुत स्वीकार गरेको थियो । तर, संस्थाले ‘तिमीसँग प्रमाण छैन, अस्पतालको बिल तिरिदिने र नेपाल जाने भए टिकट काटिदिने’ प्रलोभन देखाएर माफ गरिदेऊ भने । ‘यो अपराध माफ गर्ने खालको हो र ?’ मैले प्रश्न गरेँ ।

त्यससँग पैसा लिन र ब्ल्याकमेल गर्न अमेरिका आएकी होइन । काम गरेर आफैँ पैसा कमाउन सक्छु । मलाई न्याय चाहिएको थियो । तर, ‘भोलि गाह्रो पर्छ तिमीलाई, मिल’ भन्नेमै उनीहरू गए । नेपालबाट आएदेखि अत्याचार गरेको छ । जवानी लुट्यो । सरी ! भनेर पुग्दैन । उसलाई जेल सजाय हुनुपर्छ भन्ने मेरो माग हो ।

अस्पतालमा उधारो

७२ घण्टे औषधि ओभरडोज खुवाएर धन्नै मारेन । खाली पेट एकै दिनमा दुई–दुईवटा खान लगाउँथ्यो । बेहोस भएर अस्पताल जानुपर्‍यो । एक दिन अस्पताल बस्दा पाँच हजार डलर बिल आयो । त्यो तिर्नै बाँकी छ । तीन अस्पतालको बिल आउन बाँकी छ । हेल्थ इन्स्योरेन्स छैन । अर्कोपटक पनि दुई दिनसम्म होस नआएपछि नेपालीहरूले अस्पताल लगिदिए ।

पाँच दिन अस्पताल बस्नुपर्‍यो । त्यो पनि उधारै छ अस्पतालमा । त्यो अस्पतालको समयमा तिर्न गएन भने प्रहरीले समाउँछ । काम पनि गर्न पाइँदैन, ब्याकग्राउन्ड नै बिग्रन्छ ।

बेहोस भएर अस्पताल भएको खबरले नेपालमा आमा सिकिस्त हुनुभएको छ । बोलीवचन हराएको छ । अस्पतालबाट डिस्चार्ज गरे पनि आमाको होस ठेगान छैन । आमा मुटुको बिरामी हुनुहुन्छ । मेरो पीरले आमा र घरपरिवारको अवस्था नाजुक भएको छ । अमेरिका गएर राम्रो गरौँला भन्ने थियो । अपराधीको फेला परेर यस्तो दर्दनाक स्थितिबाट गुज्रनुपरेको छ ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ११ : ४२ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२