अमेरिकामा नेपालीबाटै अस्मिता लुटिएकी युवतीको बयान- ‘मैले नेपालीकै सहयोग पाइनँ’ « Khabarhub

अमेरिकामा नेपालीबाटै अस्मिता लुटिएकी युवतीको बयान- ‘मैले नेपालीकै सहयोग पाइनँ’



काठमाडौँ – केही दिनअगाडि अमेरिकामा एक युवतीले आफूमाथि जबर्जस्ती करणी भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखिन् । डाइभर्सिटी भिसा (डिभी) मार्फत अमेरिका पुगेकी उनलाई काम खोजिदिने आश्वासन दिएका झापा घर भएका मदन अधिकारीले जबर्जस्ती करणी गरेको उनको आरोप छ ।

२४ वर्षीया युवतीको मदनसँग नेपाली घरबेटीले काम खोजिदिने नाममा चिनजान गराएका थिए । एक दिन काम भेटिएको र त्यहाँ बोलाएको भन्दै लिन आएका थिए । तर, युवकले काम गर्ने ठाउँमा नभएर आफ्नो फ्ल्याटमा लगेर अपराध गरेको युवतीको भनाइ छ ।

भर्जिनिया प्रहरीले मदनलाई खोजिरहे पनि उनी सम्पर्कबाट भागिरहेको पीडितले खबरहबसँग सुनाइन् । “भर्जिनियामा म सुरक्षित छैन । यहाँका नेपाली समुदायले अपराधीसँग मेलमिलापका लागि पहल गरे । म अमेरिका त्यो केटालाई ब्ल्याकमेल गरेर पैसा कमाउन गएकी होइन । मलाई न्याय दिनुस् । ममाथि भएको अत्याचारका लागि सबैले सहयोग गर्दिनुस्,” पीडितले आफूमाथि भएको अपराधको बेलिविस्तार खबरहबसँग यसरी सुनाइन् :

नेपालमा मेरो घर बाजुरा जिल्ला हो । हाल अमेरिकाको भर्जिनियामा बस्छु । डिभी परेर अगस्टमा अमेरिका पुगेँ । सुरुमा टेक्सास बसे पनि पछि कामको खोजीमा भर्जिनिया पुगेकी हुँ । नेपाली घरबेटी थिए । उनीहरूले सेभेन इलाभेन (स्टोर) मा काम गर्ने एक भाइ भएको र पहिले आफ्नो घरमा पनि बसेको बताए । उनी मदन अधिकारी थिए ।

काम खोज्ने नाममा अपराध

उहाँहरूले मदनसँग परिचय गराइदिनुभयो । हामीले त्यसैबेला फोन नम्बर साटासाट गर्‍यौँ । मलाई काम खोज्न उसैले सहयोग गर्ने कुरा भयो । उसले साहुसँग बुझेर फोन गर्छु भनेर छुट्टियो । केही दिनमा उसले मलाई फोन गर्‍यो । तर, त्यतिबेला म मोबाइल अफ गरेर सुतेकी थिएँ । उनी म बस्ने ठाउँमै आएर बेल बजाए । काम गर्ने ठाउँमा बोलाएको बताए । त्यसपछि तयार भएर उसैसँग गएँ ।

तर, उसले आफ्नो फ्ल्याटमा लगेर गयो । काममा जाने भनेर किन फ्ल्याटमा ल्याएको भनेर प्रश्न गरेँ । उसले एकछिन काम भएको बतायो । बैठक कोठामा बस्न भन्यो । तर, उसको मनसाय अर्कै रहेछ । मेरो प्रतिकारका बाबजुद उसले जबर्जस्ती गर्‍यो । मैले सकेको चिच्याएँ । गुहार मागेँ । धेरै रोएँ । तर, त्यो घरमा दिउँसो कोही नबस्ने रहेछन् ।

सबै काममा जाने बेला परेको थियो । भारतीय होटल व्यापारीले आफ्ना स्टाफ बस्नका लागि भाडामा लिएको घर रहेछ । नेपाली मदन मात्रै बस्ने, अरू सबै भारतीय र पाकिस्तानी बस्ने । गुहार माग्दा पनि नपाइने ठाउँमा लगेको रहेछ । विकटकी केटी अर्काको देशमा के गर्ने र के नगर्ने मेसै पाइनँ । म रुँदै थिएँ । रगत बगेको थियो । उसले गाडीमा हालेर मेडिकल लगेर ७२ घण्टे औषधि खुवायो । फेरि फ्ल्याटमा लगेर त्यस्तै व्यवहार दोहोर्‍यायो ।

गुहार माग्दा पनि नपाइने ठाउँमा लगेको रहेछ । विकटकी केटी अर्काको देशमा के गर्ने र के नगर्ने मेसै पाइनँ । म रुँदै थिएँ । रगत बगेको थियो । उसले गाडीमा हालेर मेडिकल लगेर ७२ घण्टे औषधि खुवायो । फेरि फ्ल्याटमा लगेर त्यस्तै व्यवहार दोहोर्‍यायो ।

मारिदिने धम्की बेलुका मेरो कोठामा लगिदिने बेला उसले यो कुरा कसैलाई भने ‘मारिदिन्छु’ भनेर धम्की दियो । काम पाएकी छैन । पैसा छैन । जबर्जस्ती करणी भएको छ । साथ सहयोग गर्ने कोही छैन । त्यसमाथि उसैको धम्की । म शारीरिक र मानसिक दुवै रूपमा गलेँ ।

त्यसैबखत घरबेटीले छोरालाई कोठा चाहियो भनेर छोड्न भने । नेपालमा भएका एक जना दाइलाई भनेर अर्को कोठा खोज्न लगाएँ । उहाँले तुरुन्तै अमेरिकामा भएका आफन्तलाई भनेर कोठा र काम दुवै खोजिदिनुभयो ।

अर्को घरमा सरे पनि मदनले फोन गर्ने र धम्की दिन छोडेन । त्यसपछि उसको ब्ल्याकमेल सुरु भयो । कसैलाई भने कुनै अपराधमा फसाइदिने डर देखाउँथ्यो । आफूलाई मन लागेका बेला बोलाउने गर्थ्यो । इन्कार गर्‍यो भने अपशब्दले गाली गर्ने गर्थ्यो । मेरो आँसु र पीडाको कुनै मूल्य थिएन । राति दुई बजे पनि लिन आउने, गाँजा र रक्सी खाएर सम्बन्ध राख्थ्यो ।

साथीसँग सम्बन्ध राख्न दबाब

उसले आफूसँग मात्रै होइन, उसका साथीसँग पनि सम्बन्ध राख्न कर गर्थ्यो । तर, साथीले बरु ‘यो केटी धेरै सानी छे, रोइराखेकी छे, सम्बन्ध बनाउँदिनँ’ भनेर इन्कार गर्थे । मेरो फोनबाट मदनले आफूलाई मेसेज गर्थ्यो– ‘मलाई लिन आइज’ भनेर । आफ्नोबाट ‘मेरोमा नआइज’ भनेर रिप्लाई गर्ने र स्क्रिनसट गरेर राख्ने । मैंने केस गरेँ भने आफैँले सम्बन्धका लागि पहल गरेको देखाउन उसले त्यस्तो गर्थ्यो ।

फ्ल्याटमा म भएको बेला नेपालबाट उसकी गर्लफ्रेन्डको फोन आयो भने मलाई स्टोर रुममा थुनेर राख्थ्यो । गर्लफ्रेन्डलाई “कोही छैन, कुकुर्नी शंका गर्छेस् ?” भनेर थर्काउँथ्यो । उसले भने अनुसार उसकी गर्लफ्रेन्ड नर्स हुन् । तर, नर्ससँगै अरू पाँच जना केटी पट्याएको भनेर सगौरव भन्थ्यो । “मेरो अमेरिकाको ग्रिनकार्ड देखेर सबै पटिन्छन्” भन्ने उसको घमण्ड थियो । हाकाहाकी नर्सले छोडे पनि अरू छँदैछन् भन्ने ।

ग्रिनकार्डको लोभले जीवन बर्बाद

ममाथिको अत्याचार आफ्नो ठाउँमा छ । ती नर्स र अन्य केटी यो अपराधीको सिकार नहुन् भनेर मिडियामा आएकी हुँ । केटाको अमेरिकाको ग्रिनकार्ड मात्रै देखेर नफस्नू भन्ने मेरो आशय हो । उसले मेरो जिन्दगी बर्बाद गर्‍यो । यसले धेरै केटी फसाएको छ । धेरैले बोलेनन् । तर, म नेपालमा यो मान्छेले आश्वासन देखाएका केटी नफसून् भनेर सचेत गराउन चाहन्छु ।

फ्ल्याटमा म भएको बेला नेपालबाट उसकी गर्लफ्रेन्डको फोन आयो भने मलाई स्टोर रुममा थुनेर राख्थ्यो । गर्लफ्रेन्डलाई “कोही छैन, कुकुर्नी शंका गर्छेस् ?” भनेर थर्काउँथ्यो । उसले भने अनुसार उसकी गर्लफ्रेन्ड नर्स हुन् । तर, नर्ससँगै अरू पाँच जना केटी पट्याएको भनेर सगौरव भन्थ्यो ।

एक दिन ६० डलर माग्यो । यहाँको मोबाइल बैंकिङजस्तो ट्रान्सफर गरिदिएँ । त्यतिबेला पूरा नाम लेख्नुपर्‍यो । नाम उसैले आफैँ लेख्यो । पूरा नामसहित पैसा ट्रान्सफर गरेको मेसेज आयो । तब बल्ल थाहा भयो– उनी अधिकारी थरका रहेछन् ।

नेपालमा उसको घर कहाँ हो भनेर सोध्दा कहिल्यै भनेन । मैले सञ्जालमा यसको अत्याचारका बारेमा लेखेपछि उसको घर झापा भएको केही व्यक्तिले कमेन्टमा लेखे । कमेन्टमा एउटा आईडीबाट मदनले पहिले पनि एक विवाहित महिलालाई फसाएको र अपराधबाट उम्किन उक्त महिलाको खानामा विष हालिदिएको र पुलिसकेस भएको कुरा आयो ।

मदन आफैँले पनि “एउटी केटीले प्रहरीकहाँ केस गरेकी थिई, तैँले पनि गर्छेस् भनेर पहिले योजना बनाइसकेको छु” भन्ने गर्थ्यो । सामाजिक सञ्जालमा साथी नबनाउने, परिचय नखुलाउने कारण त्यो थियो ।

कोही नेपालीकहाँ जानै नदिने, लोकेसन ट्रयाक गर्थ्यो । म घरबेटीलाई आफूमाथि भएको बारेमा बताउन चाहन्थेँ । तर, कम्युनिटीमा प्रहरी आएको राम्रो नमान्ने रहेछन् । दुर्व्यवहार भएकी केटी घरमा राखेपछि प्रहरी आउने भयो, घर किनबेचमा समस्या आउँछ भन्ने रहेछ । बस्ने बास पनि पाउँदिनँ कि भनेर भन्न सकिनँ ।

त्यसमाथि पुलिसकेस गर्‍यो भने मारिदिने धम्की दिएको थियो । “जहाँ भेट्यो त्यहीँ काट्छु, तैँले केही गर्न सक्दिनस्” भन्थ्यो । मारिहाल्ला कि भन्ने डरले सबै घटना र प्रहरीमा जाने तयारी स्थगित गरेकी थिएँ ।

समुदायले मेलमिलाप गर्न दिएको दबाब

कसैलाई नभनी यो समस्याबाट कसरी निस्कने भनेर सोचिरहेकी थिएँ । करिब ६ महिना भइसकेको थियो अत्याचार सहेको । सधैँ झगडा, सधैँ तनाव थियो । एक दिन बाथरुममा लडेछु । आँखा र टाउकोमा चोट थियो । घाँटीमा रातो धब्बा थियो । उसैले फोन गरेर “यो केटी आत्महत्या गर्न लागेकी छे” भनेर प्रहरी बोलायो ।

मेरो अवस्था देखेर प्रहरीले पहिले अस्पताल लग्यो । होस आएपछि सोधपुछमा लगे । मैले अङ्ग्रेजी जान्दिनँ भनेपछि उनीहरूले “तिम्रो देश कुन हो ?” भनेर सोधे । नेपाल भनेपछि, नेपाली ट्रान्सलेटर ल्याए । “मदन अधिकारी को हो ? कसरी बाथरुममा लड्यौ ?” भनेर पुछताछ गरे ।

त्यसपछि मदन मेरो कोही होइन, काम मिलाइदिने नाममा जबर्जस्ती करणी गरेको र धम्काउँदै आइरहेको बताएकी छु । यसरी पहिलोपटक प्रहरीलाई बयान दिएँ । मेरो बयानकै आधारमा केस पर्‍यो । तर, मदनलाई सम्पर्कमा बोलाउँदा नआएको प्रहरीको भनाइ छ । मैले अमेरिकाको कानुन बुझेकी छैन । अर्को स्टेट गएको छ वा नेपाल फर्किएको बारे केही थाहा छैन ।

अमेरिकामै केस बढ्यो भने उतैबाट लड्छु । अमेरिकाले चासो देखाएन भने नेपालबाटै केस गर्छु भन्ने सोच आयो । नेपाली कम्युनिटीको संस्थासँग न्यायका लागि पहल गरेँ ।

अमेरिकामै केस बढ्यो भने उतैबाट लड्छु । अमेरिकाले चासो देखाएन भने नेपालबाटै केस गर्छु भन्ने सोच आयो । नेपाली कम्युनिटीको संस्थासँग न्यायका लागि पहल गरेँ । तर, उनीहरूले मेलमिलापका लागि जोड दिए । त्यो कम्युनिटीसँग मदनले आफ्नो सबै कर्तुत स्वीकार गरेको थियो । तर, संस्थाले “तिमीसँग प्रमाण छैन, अस्पतालको बिल तिरिदिने र नेपाल जाने भए टिकट काटिदिने” प्रलोभन देखाएर माफ गरिदेऊ भने । “यो अपराध माफ गर्ने खालको हो र ?” मैले प्रश्न गरेँ ।

त्यससँग पैसा लिन र ब्ल्याकमेल गर्न अमेरिका आएकी होइन । काम गरेर आफैँ पैसा कमाउन सक्छु । मलाई न्याय चाहिएको थियो । तर, “भोलि गाह्रो पर्छ तिमीलाई, मिल” भन्नेमै उनीहरू गए । नेपालबाट आएदेखि अत्याचार गरेको छ । जवानी लुट्यो । सरी ! भनेर पुग्दैन । उसलाई जेल सजाय हुनुपर्छ भन्ने मेरो माग हो ।

अस्पतालमा उधारो

७२ घण्टे औषधि ओभरडोज खुवाएर धन्नै मारेन । खाली पेट एकै दिनमा दुई–दुईवटा खान लगाउँथ्यो । बेहोस भएर अस्पताल जानुपर्‍यो । एक दिन अस्पताल बस्दा पाँच हजार डलर बिल आयो । त्यो तिर्नै बाँकी छ । तीन अस्पतालको बिल आउन बाँकी छ । हेल्थ इन्स्योरेन्स छैन । अर्कोपटक पनि दुई दिनसम्म होस नआएपछि नेपालीहरूले अस्पताल लगिदिए ।

पाँच दिन अस्पताल बस्नुपर्‍यो । त्यो पनि उधारै छ अस्पतालमा । त्यो अस्पतालको समयमा तिर्न गएन भने प्रहरीले समाउँछ । काम पनि गर्न पाइँदैन, ब्याकग्राउन्ड नै बिग्रन्छ ।

बेहोस भएर अस्पताल भएको खबरले नेपालमा आमा सिकिस्त हुनुभएको छ । बोलीवचन हराएको छ । अस्पतालबाट डिस्चार्ज गरे पनि आमाको होस ठेगान छैन । आमा मुटुको बिरामी हुनुहुन्छ । मेरो पीरले आमा र घरपरिवारको अवस्था नाजुक भएको छ । अमेरिका गएर राम्रो गरौँला भन्ने थियो । अपराधीको फेला परेर यस्तो दर्दनाक स्थितिबाट गुज्रनुपरेको छ ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ११ : ४२ बजे

सांसदले मौनधारण गरेपछि सभामुखको गुनासो : यसरी त सभाकै अपमान भयो

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले विपक्षी सांसदहरूले सभाको अपमान गरेको भन्दै

कार्यसूचीमै प्रवेश नगरी सभामुखले स्थगित गरे प्रतिनिधिसभा बैठक

काठमाडौं– प्रतिपक्षले निरन्तर अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ

बजेटमा माग सम्बोधन नभएको भन्दै अनुदान शिक्षकको प्रदर्शन 

काठमाडौं– पेशागत निरन्तरता र स्थायित्व सहित समानताको हक सुनिश्चितताको माग

विपक्षी सांसदले आफैं समय तोकेर मौनधारण गरेपछि…

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधि सभाको आजको बैठकमा आफैँ समय तोकेर

मानवअधिकार आयोगको प्रतिवेदन लत्याउँदै सुधनलाई फेरि गृहमन्त्रालयको चाबी

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनबारे