गृहमन्त्रीमा फर्किँदै सुधन गुरूङ, दिउँसो ३ बजे शपथ « Khabarhub

गृहमन्त्रीमा फर्किँदै सुधन गुरूङ, दिउँसो ३ बजे शपथ


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले गृहमन्त्रीमा फेरि सुधन गुरुङलाई ल्याउने निर्णय गरेका छन् । सम्पत्तिका विषयमा विवादमा परेपछि राजीनामा दिएका गुरुङलाई प्रधानमन्त्री शाह गृहमन्त्री बनाउन लागेका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व गृहमन्त्री गुरुङ सम्बन्धमा अध्ययन तथा छानबिन गर्न बनेको समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेसँगै उनको गृहमन्त्री बन्ने बाटो खुलेको हो ।

सरकारले उनीमाथि छानविन गर्न एउटा समिति बनाएको थियो । छानविन समितिले गुरुङलाई क्लीन चिट दिएपछि गुरुङलाई गृहमा फर्काउन लागिएको हो ।

सरकारले गृहमन्त्री गुरुङको शपथका लागि आजै तयारी गर्न राष्ट्रपति कार्यालयलाई भनेको छ ।

व्यवसायी दीपक भट्टसँग साझेदारी र सम्पत्ति विवरणबारे विवाद हुँदम गुरुङले पदबाट राजीनामा दिएका थिए । भट्टसँग सेयर लगानी लगायतका विषयमा उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै उनले नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका थिए ।

गुरुङले राजीनामाका क्रमम इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गर्दै पछिल्ला दिनमा आफ्नो शेयर लगानीसम्बन्धी विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको उनले बताएका थिए ।

त्यसपछि बनेको छानबिन समितिले सुधनलाई नभएर सरकारको सिस्टमलाई दोष दिने गरि प्रतिवेदन बनाएको थियो। त्यही प्रतिवेदनले सफाइ दिए भन्दै आफ्ना हितैषी सुधनलाई मन्त्रीमा फर्काउन लागेका हुन् ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  १२ : ०७ बजे

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह : चीनसँग नियमित अनुगमन

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६