बालेनलाई हर्कको व्यङ्ग्य : बोलाउँदा आउँदैनन्, बोकेर ल्याउने चलन पनि छैन « Khabarhub

बालेनलाई हर्कको व्यङ्ग्य : बोलाउँदा आउँदैनन्, बोकेर ल्याउने चलन पनि छैन


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहमाथि संसद् बैठकमा कटाक्ष गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले प्रभानमन्त्री शाहलाई बोलाउँदा नआएको भन्दै बोकेर ल्याउने चलन पनि नभएको भन्दै कटाक्ष गरेका छन् ।

‘प्रधानमन्त्रीलाई बोलाको बोलाएकै गर्ने, उहाँ आउँदिन भन्नुहुन्छ। पक्रेर ल्याउने, बोकेर ल्याउने चलन पनि छैन,’ उनले भने ।

त्यस्तै संसद्को वर्तमान गतिरोध अन्त्य गर्न साम्पाङले सङ्कल्प प्रस्ताव पेश गरेका छन्।

‘सभामुखज्यूले ल आउनुपर्छ भन्दा उहाँ मान्नुहुन्न। कहिलेकाहीँ आउनुहुन्छ, आएर फेरि के बोल्नुहुन्छ हुन्छ, समस्या भयो’, उनले भने, त्यसले गर्दा म आज एउटा सङ्कल्प प्रस्ताव पेश गर्न चाहन्छु। २०७९ सालको नियमावलीको नियम ८४ (१) को (ग) लाई टेकेर संकल्प प्रस्ताव पारित गरौँ ।’

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  २ : ४६ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)