करको दरमा गडबडी, राप्रपाले माग्यो अर्थमन्त्रीको राजीनामा « Khabarhub

करको दरमा गडबडी, राप्रपाले माग्यो अर्थमन्त्रीको राजीनामा


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा उल्लिखित करका दरमा आफूखुसी गरिएको संशोधनलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा मागेको छ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै प्रमुख सचेतक खुश्वु ओलीले अर्थमन्त्रीले मार्ग प्रशस्त गर्नु उपयुक्त हुने बताइन्। उनले त्यसो भन्दा मन्त्री वाग्ले संसद्‍मै उपस्थित भएर मुस्कुराइरहेका थिए ।

‘आज अर्थमन्त्रीज्यू आउनुभएको छ, उहाँले यस संसद्‍मा आएर स्पष्टीकरण दिनुहुन्छ होला। तर यो विषय यति गम्भीर भएको छ कि निष्पक्ष र विश्वसनीय छानबिन अपरिहार्य बनिसकेको छ’, उनले भने, ‘त्यसैले छानबिन प्रक्रिया सम्पन्न नहुँदासम्म अर्थमन्त्रीले आफ्नै विवेक प्रयोग गरेर, सुशासन कायम गर्न नैतिकता र निष्पक्षताको दृष्टिकोणले जिम्मेवारीबाट पर रहनुपर्छ जस्तो लाग्छ ।’

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  २ : ५० बजे

परराष्ट्रले अर्थमा पठायो ‘नेपाली नागरिकको उद्धार तथा शव फिर्ती कार्यविधि’

काठमाडौं– परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा शव फिर्तीसम्बन्धी

सङ्क्रामक पशुरोग नियन्त्रण विधेयक विधायन व्यवस्थापन समितिमा

काठमाडौं– सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि

सांसदले उठाएको प्रश्नको जवाफ तीन दिनभित्र दिन सभामुखद्वारा सरकारलाई निर्देशन

काठमाडौं– आज प्रतिनिधिसभाको बैठकमा सांसद गोपाल शर्मा र आशिका तामाङले

बाढीपहिरो प्रभावितको उद्धार र राहतका लागि सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभर अविरल वर्षाका कारण बाढीपहिरोले

साउन महिनामा ३ अर्ब ७७ करोड वैदेशिक लगानी स्वीकृत, १८८ साना उद्योगमा आकर्षण

काठमाडौं- आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा ३