१२ वर्षदेखि फरारसहित तीन प्रतिवादी पक्राउ « Khabarhub

१२ वर्षदेखि फरारसहित तीन प्रतिवादी पक्राउ


२६ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालय काभ्रेले १२ वर्षदेखि फरारसहित तीन प्रतिवादी पक्राउ गरेको छ । अदालतद्वारा विभिन्न मितिमा फैसला भई कैद सजाय तथा जरिवाना तोकिएका ती प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत धुलिखेलमा पठाइएको कार्यालयले जनाएको छ ।

जबर्जस्ती करणी मुद्दामा पाँच वर्ष कैद फैसला सुनाइएका रोशी गाउँपालिका–४ का ३९ वर्षीय होमबहादुर कार्कीलाई सोमबार पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले बताए । उनका अनुसार कार्की १२ वर्षदेखि लुकीछिपी फरारको अवस्थामा रहँदै आएका थिए ।

यस्तै अदालतद्वारा लेनदेन कारोबारमा दुई वर्ष कैद तथा रु १५ लाख जरिवाना तोकिएका फरार पनौती नगरपालिका–५ का ६२ वर्षीय शालिकराम सापकोटा र बैंकिङ कारोबारमा दुई वर्ष कैद र चार लाख रुपैयाँ जरिवाना फैसला भएका सिन्धुपाल्चोकको साँगाचोकगढी नपा–९ घर भई काडमाडौँ महानगरपालिका–३२ बस्दै आएका २७ वर्षका फरार रमेश श्रेष्ठलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत धुलिखेलमा पठाइएको विष्टले जानकारी दिए ।

त्यसैगरी, प्रहरीले नमोबुद्ध नपा–४ स्थित बिपी राजमार्ग क्षेत्रमा लागुपदार्थ सेवन गर्ने सिराहाको गोलबजार नपा–२ का दुई युवालाई सोमबार पक्राउ गरेको छ । उनीहरूलाई लागुपदार्थ सेवन मुद्दामा १५ दिनको म्याद थपगरी हिरासतमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  ३ : २२ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,