तिलागुफालाई पूर्ण खोप सुनिश्चित घोषणा « Khabarhub

तिलागुफालाई पूर्ण खोप सुनिश्चित घोषणा


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म– जिल्लाको तिलागुफा नगरपालिलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । जन्मेदेखि पाँच वर्षमुनिका सबै बालबालिकाले १३ वटा खोप पाएपछि तिलागुफालाई जिल्लाको पाँचौँ पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन १३ प्रकारका खोप लगाइसक्नुपर्ने प्रावधान रहेको र कुनै कारणले खोप लगाउन छुटेका १६ देखि ५९ महिनासम्मका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखामार्फत खोजी गरेर सबै खोपको मात्र पूरा गरेपछि पूर्ण खोप सुनिश्चित घोषणा गर्ने प्रावधान रहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख तथा जिल्ला खोप समन्वय समिति सदस्यसचिव डा रत्नवीर सुनारले बताए । 

‘नगरपालिकाका सबै बालबालिकालाई खोप पुर्‍याउन स्थानीय तहका खोप केन्द्रले काम गरेका छन्’, उनले भने, ‘पूर्णखोपका लागि स्वास्थ्यकर्मीको सक्रियता, जनप्रतिनिधिको अगुवाइ महत्त्वपूर्ण छ ।’

तिलागुफाका ११ वटै वडामा खोप अभियान सञ्चालन गरेर सबै बालबालिकाले खोप पाएको यकिन भएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगरप्रमुख शङ्करप्रसाद उपाध्यायले जानकारी दिए । नगरपालिकाका विकट बस्तीमा पनि स्वास्थ्यकर्मी खटाएर सबै बालबालिकालाई खोपको पहुँचमा ल्याएका छौँ,’ उनले भने, ‘जिल्ला बाहिर गएकालाई पनि घरपरिवारमार्फत सूचना गरेर खोप पाएको सुनिश्चितता गरेका हौँ ।’

गत माघ, फागुन र चैतमा जिल्लाभर खोज र खोप अभियान सुरुआत गरेको स्वास्थ्य सेवा कार्यालयले जिल्ला खोप समन्वय समितिको अनुगमनका आधारमा सबै बालबालिकाले खोप पाएको यकिन गरेपछि यहाँका स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा जिल्ला खोप फोकल पर्सन कटकबहादुर महतले जानकारी दिए ।
 

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ४ : ५४ बजे

नेपाल स्काउट विधेयकमा राय सुझाव मागियो

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः