पशुपतिनाथ क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय महिला पक्राउ « Khabarhub

पशुपतिनाथ क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय महिला पक्राउ


२६ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ‍- पशुपतिनाथ मन्दिर परिसरमा दर्शन गर्न आएका भक्तजनको घाँटीबाट सुनका सिक्री लुटपाट गर्ने आरोपमा पाँच भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार बिहान करिब ११:३० बजे काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा लुटपाटमा संलग्न रहेको आरोपमा पाँच महिलालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरू भारतको गोरखपुर नौसर घर भएका ३५ वर्षीया अन्जु चमार, २९ वर्षीया रुपसना चमार, ३० वर्षीया आरती चमार, ३५ वर्षीया रिंकु चमार तथा १८ वर्षीया नन्दनी चमार रहेका छन्।

प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई चोरी गरिएका सुनका दुई थान सिक्रीसहित पक्राउ गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप अनुमति लिइएको छ।

अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन्।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  ६ : ३९ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,