पदभार ग्रहणका क्रममा गृहमन्त्री गुरुङ : अब सबै फाइल खुल्छन्, कसैलाई छोड्दिनँ « Khabarhub

पदभार ग्रहणका क्रममा गृहमन्त्री गुरुङ : अब सबै फाइल खुल्छन्, कसैलाई छोड्दिनँ


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्रीका रुपमा दोस्रो पटक पदभार ग्रहणका क्रममा सुधन गुरुङले आफूविरुद्ध लाग्न सक्ने आरोपहरू सहन तयार रहेको बताएका छन्।

तर नेपाली नागरिकहरू, विशेषगरी नेपाली चेलीहरूमाथि अन्याय र चरित्र हत्या सहन नसकिने उनले बताएका छन्।

पदभार ग्रहणपछि उनले आफूमाथि तथ्यबिनाका आरोपहरू लगाइए पनि त्यसलाई सामना गर्न तयार रहेको बताए।

उनले भने, ‘मलाई जस्तोसुकै आरोप लगाइए पनि म सहन सक्छु, तर अरूलाई दुःख दिएको कुरा म सहन सक्दिनँ।’

गुरुङले मिडिया ट्रायलका कारण कुनै पनि व्यक्तिले आत्महत्या गर्नुपर्ने अवस्था आउन नहुने भन्दै त्यसप्रति सरकार गम्भीर हुने बताए।

उनले गृहमन्त्रालयले अबदेखि चरित्र हत्या र आधारहीन आरोपहरूलाई गम्भीर रूपमा हेर्ने पनि बताए । उनले थपे, ‘जति आक्रमण गर्नुछ मलाई नै गर्नुस्, तर तथ्यका आधारमा हुनुपर्छ, तोडमोड हुनु हुँदैन।’

गृहमन्त्री गुरुङले नेपाली चेलीहरूको चरित्र हत्या जस्ता विषयमा मन्त्रालय कठोर रूपमा प्रस्तुत हुने प्रतिबद्धता पनि जनाए।

उनले अब सबै फाइल खोलेर कारबाही गरिने पनि बताए। गुरुङले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोअन्तर्गतका पेन्डिङ फाइल तत्काल टुंगो लगाउन द्रुत गतिमा काम थालिने उनले बताए । अब ब्यूरोमा विशिष्ठिकृत समूह बनाएर सबै मुद्दाको फाइल खोलिने पनि बताए ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ७ : १७ बजे

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण