अदालतकै लेटरप्याड कीर्ते, एक जना पक्राउ « Khabarhub

अदालतकै लेटरप्याड कीर्ते, एक जना पक्राउ


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको लेटरप्याड र आधिकारिक दस्तखतसमेत कीर्ते गर्ने व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।

ब्युरोले गोरखा आरुघाट-७ घर भई काठमाडौँको टोखामा बस्ने २६ वर्षीय विवश अधिकारीलाई सतुंगलबाट सोमबार पक्राउ गरेको हो सीआईबीका अनुसार अधिकारीको डेरा खानतलासी गर्दा कीर्ते कागजातहरू फेला परेको छ।

सीआईबीका अनुसार अधिकारीले २०८२ चैत १५ गते ‘मुद्दा खोल्ने र पुन:प्रमाणीकरण सम्बन्धी सूचना’ भन्ने पत्र कीर्ते बनाई मुद्दाको अन्तिम निर्णय भएपछि आफ्नो बैंक खातामा २ करोड १३ लाख रकमान्तरण हुने र २०८२ चैत २४ गते सेवा शुल्क भुक्तानी सम्बन्धी झुठ्ठा लिखत तयार गरी आफूलाई अदालतबाट १ लाख ६ हजार ५०० सेवा शुल्क बुझाउन आदेश दिएको भनेर अदालतको लेटरप्याड कीर्ते बनाएका थिए।

न्यायाधीश, श्रेस्तेदार, शाखा अधिकृतको दस्तखत र अदालतको छाप कीर्ते गरेको भन्दै छानबिन गरी कारबाही गर्न भन्दै अदालतका कर्मचारीले सीआईबीमा निवेदन दिएका थिए।

अधिकारीमाथि अनुसन्धानका लागि अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ९ : २५ बजे

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसाररपोसार

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो (तस्बिरहरू) 

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन