भारतमा नेटवर्किङ कम्पनी खोलेर ठगीधन्दा « Khabarhub

भारतमा नेटवर्किङ कम्पनी खोलेर ठगीधन्दा


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेटवर्किङ कम्पनीमार्फत ठगी गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले उनीहरूलाई सोमबार साँझ नेपाल-भारत सीमा क्षेत्र गड्डाचौकीबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा गुल्मीका विक्रम परियार, प्रभास विक, सप्तरीका रामबालक मण्डल, काभ्रेपलाञ्चोकका सुधन घिमिरे, रित भुजेल, दिपेश तामाङ, अर्घाखाँचीका पंकज विश्वकर्मा, ओखलढुंगाका धीरज सुनुवार, पर्वतका दिनेश काफ्ले, मकवानपुरका प्रकाश अर्याल, पाल्पाका सुरज गोतामे र रुपन्देहीका सागर बिक रहेका छन्।

भारतको कुशीनगरमा ‘विन्सपायर वर्ल्ड कम्पनी’ मा विभिन्न पोस्टमा जागिर लगाइदिने प्रलोभनमा पारेर ठगी गरेको उजुरी परेको थियो।

कैलाली गौरीगंगा नगरपालिका-७, बहुलियाका २२ वर्षीय चक्रबहादुर साउदसहित आठ जनाले जेठ २२ गते कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका थिए। भारतीय प्रहरी, भारतीय दूतावास, किन इन्डिया र नेपाली राजदूतावासका एसपी प्रकाश मल्लसमेतको प्रहरी टोलीको सहयोगमा पीडित विशाल खत्रीलाई देहरादुनबाट उद्धार गरिएको थियो। सो क्रममा संलग्नहरू भाग्ने क्रममा नेपाल छिर्न खोज्दा प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार विभिन्न किसिमका तालिमहरूका नाममा होस्टेलमा राख्ने र घरपरिवारसँग फोन गर्न नदिने गरे विभिन्न धम्कीहरू दिने गरिएको थियो। तालिममा अन्य मानिसहरूलाई के-कसरी बोलाउने भनी प्रशिक्षण दिने गरिएको थियो।

सुरुमा काम गर्नका लागि प्रतिव्यक्ति १० हजार भारतीय रुपैयाँका दरले नगद लिएको र प्रशिक्षणपछि दुई लाख रकम जम्मा गरे प्रतिमहिना ३५/४० हजार भारु तलब दिने र नयाँ मानिस बोलाएमा प्रतिव्यक्ति २४ हजार ९१० भारु पाउने भन्दै प्रलोभनमा पारिएको प्रहरीले जनाएको छ।

सो कम्पनीमा ८ वटा पदहरू ब्रान्चेज, ब्यारेन, काउन्ट, प्री मार्की, मार्की, प्री डुक, डुक, यस डुक भई पदीय अनुसारको फरक–फरक जिम्मेवारी दिई पाँचौँ पदमा पुगेपछि होस्टेल सञ्चालन गर्न पाउने र महिनाको एक देखि तीन लाख भारु तलब हुन्छ भनी प्रलोभनमा पारेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ९ : २८ बजे

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौं-नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव