माङसेबुङमा ६ विद्यालयको नयाँ भवन निर्माण « Khabarhub

माङसेबुङमा ६ विद्यालयको नयाँ भवन निर्माण


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको माङसेबुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२–८३ मा ६ विद्यालयको नयाँ भवन निर्माण सम्पन्न भएका छन् । सङ्घीय सरकारको एक करोड २० लाखको लागतमा ६ विद्यालयको पक्की भवन निर्माण सम्पन्न भएको शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले जानकारी दिए ।

उनका अनुसार प्रत्येक विद्यालय भवन २० लाखको लागतमा तीन कोठे एकतले पक्की भवन निर्माण भएका हुन् । यस वर्ष माङसेबुङ– १ स्थित वरभञ्जयाङ आधारभूत विद्यालय र मण्डिका आधारभूत विद्यालय, माङसेबुङ– २ स्थित इभाङ आधारभूत विद्यालय, माङसेबुङ–३ स्थित जनकल्याण आधारभूत विद्यलाय, माङसेबुङ–४ स्थित सरस्वती आधारभूत विद्यालय र माङसेबुङ–६ स्थित चन्द्रेश्वरी आधारभूत विद्यालयमा नयाँ भवन निर्माण भएका हुन् ।

भवन निर्माण भएपछि विद्यार्थीले सुरक्षित, व्यवस्थित र गुणस्तरीय सिकाइको वातावरण पाएको वरभञ्ज्याङ आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर लिम्बूले बताए । ‘यहाँ प्रारम्भिक बालकक्षादेखि कक्षा ८ सम्म पठनपाठन हुन्छ । यसअघि पुरानो जीर्ण भवनमा विद्यार्थीले पढ्नुपर्ने अवस्थ थियो’, उनले भने, ‘भवन निर्माण भएपछि विद्यार्थीले सुरक्षित, व्यवस्थित र गुणस्तरीय सिकाइको अनुभूति गर्न पाएका छन्, शिक्षकलाई पनि पठनपाठनमा सहज भएको छ ।’

भवन निर्माणपछि बाँसको टाटीले बारेर पढाउनुपर्ने बाध्यता हटेको इभाङ आधारभूत विद्यालयकी प्रधानाध्यापक पम्फादेवी पुलामीले बताइन् । ‘यसअघि भवन अभावमा बाँसको टाटीले बारेको कक्षामा समेत विद्यार्थीलाई राखेर पठनपाठन गर्दै आएका थियौँ’, उनले भने, ‘अहिले त्यो बाध्यता हटेको छ, शिक्षणसिकाइ क्रियाकलापमा सहजता मिलेको छ ।’

त्यसैगरी कोशी प्रदेश सरकारको सात लाखको लागतमा माङसेबुङ– ४ स्थित सरस्वती आधारभूत विद्यालयमा चार कोठे आधुनिक शौचालय निर्माण गरिएको छ । शौचालय निर्माणसँगै विद्यालयको सरसफाइ तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा सहयोग पुगेको प्रधानाध्यापक दाताराम खनालले बताए ।

‘यहाँको विद्यालय भवन अलगअलग स्थानमा रहेको र शौचालय टाढा भएकाले साना कक्षाका विद्यार्थीलाई शौचालय जानआउन समस्या थियो, अहिले सबैलाई पायक पर्ने स्थानमा शौचालय निर्माण गरिएको छ’, उनले भने, ‘यसले साना कक्षाका विद्यार्थीलाई राहत मिल्नुका साथै सरसफाइ तथा विद्यार्थीमैत्री वातावरण सिर्जना भएको छ ।’

मातृभाषा शिक्षकको व्यवस्था
लिम्बू भाषा सरकारी कामकाजको भाषा लागू गरेको माङसेबुङ गाउँपालिकाले यस वर्षदेखि तीन वटा आधारभूत विद्यालयमा लिम्बू भाषा शिक्षक र तीनवटा विद्यालयमा वान्तवा भाषा शिक्षकको दरबन्दी व्यवस्था गरेको छ ।

मातृभाषा शिक्षाका लागि सम्बन्धित जातीय बाहुल्यता रहेको विद्यायमा माङसेबुङ गाउँपालिकाले आन्तरिक स्रोतबाट तलबभत्ता खुवाउने गरी लिम्बू र वान्तवा मातृभाषा शिक्षकको दरबन्दी सृजना गरी मातृभाषा शिक्षाकको व्यवस्था गरिएको शिक्षा शाखा प्रमुख खतिवडाले जानकारी दिए । लिम्बू जातिको बाहुल्यता रहेको माङसेबुङ–१ स्थित गजुरमुखी र मण्डिका आधारभूत विद्यालय एवम् माङसेबुङ–३ स्थित दुर्गा माध्यमिक विद्यालयमा लिम्बू भाषा शिक्षकको व्यवस्था गरेको छ ।

त्यस्तै राई जातिको बाहुल्यता रहेको माङसेबुङ–२ स्थित सरस्वती र माङसेबुङ–४ को जनता र माङसेबुङ–६ स्थित सिंहेश्वरी आधारभूत विद्यालयमा वान्तवा भाषा शिक्षकको व्यवस्था गरेको छ ।

नेपालको संविधानको भाग ३ धारा ३१ मा शिक्षाको हकअन्तर्गत उपधारा ५ मा प्रत्येक समुदायलाई आफ्नो मातृभाषामा विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्न पाउने हकको व्यवस्था गरेको छ । सोही व्यवस्थाबमोजिम माङसेबुङले मातृभाषा शिक्षामा समेत जोड दिएको जनाएको छ ।

माङसेबुङले यसअघि नै आभारभूत तह (कक्षा १–५) सम्म लिम्बू भाषा पाठ्यक्रम निर्माण गरी चारवटा विद्यालयमा पठनपाठन गर्दै आएको छ । माङसेबुले लिम्बू जातिको बाहुल्यता रहेको माङसेबुङ–३ स्थित पवित्रा आधारभूत विद्यालय एवं माङसेबुङ–५ को साम्जिक मुन्धुम आधारभूत विद्यालय, सरस्वती माध्यमिक विद्यालय र साम्जिक मुन्धुम पाठशालामा लिम्बू भाषा पठनपाठन गर्दै आएको थियो ।

त्यस्तै यसअघि माङसेबुङ–६ स्थित चिसोपानी माध्यमिक विद्यालयमा वान्तवा भाषा पठनपाठन हुँदै आएको थियो । माङसेबुङमा सामुदायिकतर्फ माध्यमिक विद्यालय (कक्षा १–१२) तीनवटा, माध्यमिक विद्यालय (कक्षा १–१०) सातवटा, आधारभूत विद्यालय (कक्षा १–८) १६ वटा र आधारभूत विद्यालय (कक्षा १–५) चारवटा विद्यालय छन् । संस्थागततर्फ माध्यमिक विद्यालय कक्षा (कक्षा १–१०) दुई र आधारभूत विद्यालय (कक्षा–८) का दुईवटा विद्यालय छन् ।

यस्तै, माङसेबुङले प्रविधिमैत्री शिक्षालाई प्रोत्साहन गर्न ११ वटा विद्यालयमा स्मार्ट टिभीसमेत वितरण गरेको गाउँपालिकाले जनाएको छ । स्मार्ट टिभीमार्फत डिजिटल सामग्री प्रयोग गरी शिक्षण सिकाइ थप प्रभावकारी बनाउन सहज भएको माङसेबुङ–२ स्थित इभाङ माध्यमिक विद्यालयका प्रधानाध्यापक नविन बस्नेतले बताए ।

माङसेबुङ गाउँपालिकाले शिक्षा क्षेत्रमा भौतिक पूर्वाधार निर्माण, मातृभाषा शिक्षाको प्रवर्द्धन, सूचना प्रविधिको प्रयोग, शिक्षकको क्षमता विकास तथा अतिरिक्त क्रियाकलापलाई सन्तुलित रुपमा अघि बढाउँदै लगिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए । (रासस)

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ११ : ५८ बजे

नेकपाका ६ नेता एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

नवीकरणीय ऊर्जा विकासमा सहकार्य गर्न सरकार तयार : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालका ठूला

पश्चिमा शक्तिले नेपाललाई चीनविरोधी अखडा र युक्रेन बनाउने षड्यन्त्र गरे : ऐन महर

काठमाडौं- तिब्बती धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिन मनाउन

टीकापुर अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी पक्राउ

कैलाली– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेको आरोपमा

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न, कोष सञ्चालन कार्यविधि-२०८३ स्वीकृत

काठमाडौं- प्रधानमन्त्री तथा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा