असारे खर्च : २४ दिनमा ३० अर्ब ५० करोड बढी पुँजीगत खर्च « Khabarhub

असारे खर्च : २४ दिनमा ३० अर्ब ५० करोड बढी पुँजीगत खर्च


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको अन्तिम महिनामा पनि विगतमा झैँ असारे खर्चको प्रवृत्ति देखिएको छ । पछिल्लो असार महिनामा सरकारले पुँजीगत खर्च दैनिक सबा अर्ब भन्दा धेरैले गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको हो ।

चालु आर्थिक वर्षको असार २४ गतेसम्म सरकारले १ खर्ब ६३ अर्ब १७ करोड ३४ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ । जबकी जेठ मसान्तसम्म यस्तो खर्च १ खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख रुपैयाँ रहेको थियो ।

जुन खर्च २४ दिन अगाडिको तुलनामा ३० अर्ब ५० करोड ५७ लाख रुपैयाँले धेरै हो ।

सो तथ्यांकले सरकारले पछिल्लो २४ दिनमा पुँजीगत खर्च दैनिक १ अर्ब २७ करोड १० लाख ७० हजार रुपैयाँका दरले गरेको छ । जबकी चालु आर्थिक वर्षको असार २४ गतेसम्म सरकारको दैनिक पुँजीगत खर्च औसतमा ४५ करोड ७० लाख ६८ हजार ३४७ रुपैयाँ रहेको देखिन्छ ।

असार २४ गतेसम्म सरकारको कुल खर्च १५ खर्ब ३१ अर्ब ९७ करोड १५ लाख रुपैयाँ भएको छ । जेठ मसान्तसम्म यस्तो खर्च १३ खर्ब ४६ अर्ब ६५ करोड ३९ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।
जुन अघिल्लो २४ दिन अगाडिको तुलनामा १ खर्ब ८५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँले धेरै हो ।


२४ दिनमा ८१ अर्ब आम्दानी बढ्यो

चालु आर्थिक वर्षको जेठ ३१ गतेसम्म सरकारको आम्दानी ११ खर्ब १० अर्ब ४९ करोड ३८ लाख रुपैयाँ रहेको थियो । 

असार २४ गते अर्थात् पछिल्लो २४ दिनमा सरकारको कुल आम्दानी ११ खर्ब ९१ अर्ब ५३ करोड ४३ लाख रुपैयाँ भएको छ । जुन आम्दानी अघिल्लो २४ दिनको तुलनामा ८१ अर्ब ४ करोड ५ लाख रुपैयाँले धेरै हो ।

सरकारले असार २४ गतेसम्म कर आम्दानीमध्ये लक्ष्यको ७९.३३ प्रतिशत हासिल गरेको अनुदान सहायताको ५१.७३ प्रतिशत लक्ष्य प्राप्ति गरेको महालेखाको तथ्यांकले देखाएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  १ : २६ बजे

२ सय बढी कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको सेयर

समुद्रले निल्दै नाइजेरियाली बस्ती

आयटोरो (नाइजेरिया)- दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय

आगामी वर्षदेखि विद्युत वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिन्छौँ : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी वर्षदेखि विद्युत वितरण

साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा हुँदै

काठमाडौं- करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज

संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका