संसद्‍मा विरोध गर्ने शैली फेर्न विपक्षीलाई सभामुखको आग्रह « Khabarhub

संसद्‍मा विरोध गर्ने शैली फेर्न विपक्षीलाई सभामुखको आग्रह


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विपक्षी दलले सीमा विवादसम्बन्धी विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिनिधिसभामा निरन्तर विरोध जनाएका छन् ।  

बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई बोल्न समय दिएका थिए ।

सांसद कामीले प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्ति प्रति आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरिन् । उनले यस विषयमा प्रधानमन्त्री सदनमा उपस्थित भएर स्पष्ट पार्नुपर्ने धारणा राखिन् ।  

त्यसपछि अन्य विपक्षी दलका सांसदहरूले पनि बोल्न समय माग गरेपछि सभामुख अर्यालले विषयवस्तु एउटै भएकाले विरोध गर्ने शैली परिवर्तन गर्न सुझाव दिए । उनले एक पार्टीबाट एक जनाले बोलेर बैठक अगाडि बढाउनका लागि सहयोग गर्न अनुरोध गरे । 

तर विपक्षी दलका सांसदहरूले आफूहरूले पनि बोल्न पाउनुपर्ने भन्दै विरोध जनाएपछि सभामुख अर्यालले सबैलाई बोल्न समय दिएका थिए । सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन माग गर्दै विपक्षी दलले लामो समयदेखि सदनमा विरोध गर्दै आएको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  १ : ३१ बजे

सुनको मूल्य तोलाको ३ लाख २ हजार ३ सय रुपैयाँ पुग्यो

काठमाडौँ – बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त