राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्न सांसद हमालको सुझाव « Khabarhub

राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्न सांसद हमालको सुझाव


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा संसदीय दलका तर्फबाट धारणा राख्दै उनले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता र मौलिक अधिकारलाई थप सुदृढ बनाउन संविधान संशोधन गर्न सकिने बताए।

सांसद हमालले संविधान संशोधनसम्बन्धी बहस नोट तयार गर्न गठित कार्यदलबाट आफ्नो पार्टी अलग भएको जानकारी गराउँदै संविधान संशोधनका आधारभूत विषयमा भने आफ्नो पार्टी असहमत नरहेको स्पष्ट पारे।

उनले राज्यसत्ता सञ्चालन, कानुन निर्माण तथा सङ्घीयताको प्रभावकारी कार्यान्वयनलगायत विषयमा संविधान संशोधन गर्न सकिने उल्लेख गर्दै त्यसका लागि राष्ट्रिय सहमति अपरिहार्य रहेको धारणा व्यक्त गरे।

लोकतान्त्रिक संरचनामाथि कुनै पनि प्रकारको बन्देज लगाउन नहुनेमा जोड दिँदै सांसद हमालले विद्यार्थी सङ्गठन र कर्मचारी ट्रेड युनियनलाई खारेज गर्न नहुने बताए।

साथै, संविधानले तत्काल आवश्यक परेका विषयमा अध्यादेश ल्याउने व्यवस्था गरे पनि संसद् छलेर अध्यादेश जारी गर्ने प्रवृत्तिले संसदीय अभ्यासलाई कमजोर बनाउने भएकाले त्यसतर्फ सरकार सचेत हुनुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  २ : ०६ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय