राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्न सांसद हमालको सुझाव « Khabarhub

राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्न सांसद हमालको सुझाव


२५ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा संसदीय दलका तर्फबाट धारणा राख्दै उनले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता र मौलिक अधिकारलाई थप सुदृढ बनाउन संविधान संशोधन गर्न सकिने बताए।

सांसद हमालले संविधान संशोधनसम्बन्धी बहस नोट तयार गर्न गठित कार्यदलबाट आफ्नो पार्टी अलग भएको जानकारी गराउँदै संविधान संशोधनका आधारभूत विषयमा भने आफ्नो पार्टी असहमत नरहेको स्पष्ट पारे।

उनले राज्यसत्ता सञ्चालन, कानुन निर्माण तथा सङ्घीयताको प्रभावकारी कार्यान्वयनलगायत विषयमा संविधान संशोधन गर्न सकिने उल्लेख गर्दै त्यसका लागि राष्ट्रिय सहमति अपरिहार्य रहेको धारणा व्यक्त गरे।

लोकतान्त्रिक संरचनामाथि कुनै पनि प्रकारको बन्देज लगाउन नहुनेमा जोड दिँदै सांसद हमालले विद्यार्थी सङ्गठन र कर्मचारी ट्रेड युनियनलाई खारेज गर्न नहुने बताए।

साथै, संविधानले तत्काल आवश्यक परेका विषयमा अध्यादेश ल्याउने व्यवस्था गरे पनि संसद् छलेर अध्यादेश जारी गर्ने प्रवृत्तिले संसदीय अभ्यासलाई कमजोर बनाउने भएकाले त्यसतर्फ सरकार सचेत हुनुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  २ : ०६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको