सहजरुपमा मल आपूर्तिका लागि मन्त्रालय गम्भीर : कृषिमन्त्री चौधरी « Khabarhub

सहजरुपमा मल आपूर्तिका लागि मन्त्रालय गम्भीर : कृषिमन्त्री चौधरी


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सहज रुपमा मल आपूर्तिका लागि मन्त्रालय गम्भीर रहेको बताएकी छन् । 

बिहीबार मन्त्रालयमा आफ्नो सय दिनको कार्यकालमा भएका कामकारबाहीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले जनतालाई मल सहज रूपमा उपलब्ध गराउनका लागि मन्त्रालयले सबैभन्दा बढी समय मल क्षेत्रमा खर्चिरहेको  र यसका लागि एउटा डेडिकेटेड टोली खटिएको बताएकी हुन् । 

उनले केन्द्र सरकारले मल आपूर्ति गर्ने र प्रदेश तथा स्थानीय सरकारले वितरणको काम गर्ने गरी समन्वय भइरहेको जानकारी दिइन् ।

मलको कालोबजारी रोक्न क्युआर  कोड र छुट्टै टोली परिचालन गरिएको भन्दै उनले गुल्मी र कपिलवस्तुलगायतका ठाउँमा जनताको सूचनाका आधारमा छापा मारी मल बरामद समेत गरिएका बताइन् । उनले खसीको मासुको मूल्य वृद्धिका बारेमा मन्त्रालयले अनुगमन गरिरहेको धारणा राखिन् ।

मन्त्री चौधरीले युवाहरूलाई परम्परागत अनुदान दिनुको सट्टा उनीहरूका नवप्रवर्तनकारी योजनामा काम गर्न सहज गर्न ’स्टार्टअप’ कार्यक्रम ल्याइएको धारणा राखिन् । यसपटक युवा स्टार्टअपका लागि विशेष गरी ४० करोड रुपैयाँ छुट्याइएको र यसले देशैभरिका युवाहरूलाई कृषि, वन र वातावरण क्षेत्रमा आधुनिक काम गर्न प्रोत्साहित गर्ने उल्लेख गरिन् । 

मन्त्री चौधरीले सिँचाइ र कृषिलाईसँगै जोड्न ऊर्जा तथा सिँचाइ मन्त्रालयसँग सहकार्य गरिएको जानकारी दिइन् । आगामी दिनमा खेतहरू बाँझो रहन नदिने नीति अनुरूप ’ल्यान्ड पुलिङ सिस्टम’ लाई अगाडि बढाइने उनको भनाइ छ ।

त्यस्तै उनले चुरे जोगाउनका लागि विभिन्न पोखरी निर्माण र बाँसको करिडोर बनाउने जस्ता कार्यक्रमहरू सञ्चालन भइरहेको बताइन् । 
 

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  २ : १२ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको