टीकापुर अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी पक्राउ « Khabarhub

टीकापुर अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी पक्राउ


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेको आरोपमा करार सेवामा कार्यरत फिजियोथेरापिस्ट अनिल तिवारी पक्राउ परेका छन् ।

तिवारीले अस्पतालभित्रै ल्याब इन्चार्ज उमेश बजगाईंमाथि कुटपिट गरेको दृश्य सिसीटिभीमा कैद भएको थियो । उक्त दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो ।

कुटपिटपछि बजगाईंले आफूलाई कारबाहीको माग गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रेमकुमार राईसमक्ष निवेदन दिएका थिए । सोही निवेदनका आधारमा अस्पतालले इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले तिवारीलाई पक्राउ गरेको हो ।

प्रारम्भिक जानकारीअनुसार अस्पतालले केही दिनअघि ल्याबका सामग्री खरिद गरेको विषयलाई लिएर तिवारीले ल्याब इन्चार्जसहित केही कर्मचारीमाथि आर्थिक अनियमितताको आरोप लगाउँदै मेडिकल सुपरिटेन्डेन्टसमक्ष उजुरी दिएका थिए ।

सोही विषयमा सोमबार तिवारीको कार्यकक्षमा छलफल भइरहेका बेला उनले बजगाईं र मेडिकल सुपरिटेन्डेन्टमाथि अपमानजनक शब्द प्रयोग गरेको स्रोतको दाबी छ । त्यसपछि आफ्नो कार्यकक्षतर्फ गएका बजगाईंमाथि तिवारीले पछ्याएर कुटपिट गरेको बताइएको छ ।

बजगाईंले बिना कारण गालीगलौज र दुर्व्यवहार गरेपछि आफू त्यहाँबाट निस्किएको र पछि कार्यकक्षमै आएर तिवारीले कुटपिट गरेको बताएका छन् । घटनाको छानबिनका लागि टीकापुर प्रादेशिक अस्पताल व्यवस्थापन समितिले छुट्टै छानबिन समिति गठन गरेको छ । 

प्रहरीले तिवारीलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  २ : ५९ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको