नवीकरणीय ऊर्जा विकासमा सहकार्य गर्न सरकार तयार : मन्त्री श्रेष्ठ « Khabarhub

नवीकरणीय ऊर्जा विकासमा सहकार्य गर्न सरकार तयार : मन्त्री श्रेष्ठ


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालका ठूला नवीकरणीय ऊर्जा क्षमताहरूलाई उपयोग गर्न सबै क्षेत्रसंग सहकार्य गर्न सरकार तयार रहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित दक्षिण एसियामा ऊर्जा आबद्धता विषयक कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाल आफ्ना ठूला नवीकरणीय ऊर्जा क्षमताहरूलाई उपयोग गर्न छिमेकी मुलुकहरू, अन्तर्राष्ट्रिय साझेदारहरू र निजी क्षेत्रसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको बताएका हुन् । 

उनले निरन्तर क्षेत्रीय सहयोग सुदृढ गर्न, नियामक सद्भाव प्रवर्द्धन गर्न र सीमापार ऊर्जा आदानप्रदानका लागि सहज वातावरण तयार गर्न काम गरिरहेको धारणा राखे । 

युरोपेली अनुभवहरूलाई दक्षिण एसियाली सन्दर्भमा ग्रिड सुदृढीकरण, बजार नियमन, बजार मञ्च र लगानी परिचालन जस्ता क्षेत्रहरूमा आत्मसाथ गर्न उत्सुक रहेको उनले बताए । 

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ३ : ०८ बजे

कुमारी बैंक र जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङबीच रणनीतिक साझेदारी

काठमाडौं– कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि जर्मन

न्यून गुणस्तरका दुई औषधि तत्काल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं- औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका दुई

भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल

एजेन्सी– विनाशकारी भूकम्पबाट प्रभावित भेनेजुएलामा मृत्यु हुनेको सङ्ख्या तीन हजार

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ स्वीकृत

नेप्से परिसूचक १९ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो