सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच द्विपक्षीय सम्बन्धबारे छलफल « Khabarhub

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच द्विपक्षीय सम्बन्धबारे छलफल


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका क्रममा सभामुख अर्यालले नेपाल र भारतबीचको सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता तथा ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत र कनेक्टिभिटीलगायत क्षेत्रमा रहेका द्विपक्षीय संयन्त्रमार्फत सहकार्य निरन्तर विस्तार भइरहेको बताए।

उहाँले उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाएको उल्लेख गर्दै हवाई, रेल तथा बस सेवाको विस्तारले जनस्तरको सम्पर्क र आर्थिक सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे। भविष्यमा थप उडान, रेल र बस रुट विस्तार हुने अपेक्षा पनि उनले व्यक्त गरे।

सभामुख अर्यालले भारतका लोकसभाका सभामुख ओम विरलालाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी दिँदै दुवै पक्षका लागि उपयुक्त समयमा उनलाई नेपालमा स्वागत गर्न नेपाल तयार रहेको बताए।

भेटका क्रममा राजदूत श्रीवास्तवले लोकसभाका सभामुख ओम विरला नेपाल भ्रमणका लागि इच्छुक रहेको जानकारी गराउँदै नेपाली सभामुख तथा सांसदहरूलाई भारतको संसदीय अभ्यास अध्ययन तथा अवलोकनका लागि भारत भ्रमणको निमन्त्रणा दिए।

उनले संसदीय कूटनीति र उच्चस्तरीय राजनीतिक संवादले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै व्यापार, कनेक्टिभिटी, ऊर्जा, शिक्षा तथा जनस्तरको सम्बन्ध विस्तारमा भारत सरकार निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताए।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  २ : ५४ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन १४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको