पश्चिमा शक्तिले नेपाललाई चीनविरोधी अखडा र युक्रेन बनाउने षड्यन्त्र गरे : ऐन महर « Khabarhub

पश्चिमा शक्तिले नेपाललाई चीनविरोधी अखडा र युक्रेन बनाउने षड्यन्त्र गरे : ऐन महर


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिब्बती धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिन मनाउन सरकारले अनुमति दिएको र उक्त कार्यक्रममा पश्चिमा मुलुकका राजदूतहरूको उपस्थिति भएको विषयलाई लिएर संसदमा चर्को विरोध भएको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले) का सांसद ऐन महरले सरकारको यस कदमप्रति कडा आपत्ति जनाउँदै संसद्को ध्यानाकर्षण गराएका हुन् । नेपालले सदियौँदेखि अवलम्बन गर्दै आएको ‘एक चीन नीति’ विपरीत सरकारले देशको परराष्ट्र नीतिमा खेलबाड गरेको आरोप उनले लगाए ।

सांसद महरले चीनबाट सन् १९५९ मा भागेर विदेशमा शरण लिई बसेका पृथकतावादी नेता दलाई लामाको जन्मदिन मनाउन वर्तमान सरकारले असार २२ गते नेपालको इतिहासमै पहिलो पटक निर्लज्जतापूर्वक अनुमति दिएको बताए । स्वयम्भूस्थित नामग्याल निम्न माध्यमिक विद्यालयमा उक्त कार्यक्रम आयोजना गर्न दिएर सरकारले नेपाल र चीनबीचको सुमधुर सम्बन्धलाई खलबल्याउने राष्ट्रहित विरोधी काम गरेको भन्दै उनले एमालेको तर्फबाट गम्भीर आपत्ति प्रकट गरे ।

सो कार्यक्रममा अमेरिकी, फ्रान्सेली, युरोपेली युनियन र अस्ट्रेलियाली राजदूतहरूको उपस्थिति हुनु अत्यन्त गम्भीर र आपत्तिजनक रहेको उनको भनाइ थियो । उनले यस घटनाले पश्चिमा शक्तिहरू नेपाललाई चीन विरोधी अखाडा बनाउन र मुलुकलाई युक्रेन जस्तो द्वन्द्वको भुमरीमा धकेल्न भित्री रूपमा षड्यन्त्रमा लागिरहेको कुरालाई स्पष्ट पारेको जिकिर समेत गरे ।

सभामुखमार्फत सरकारलाई सचेत गराउँदै सांसद महरले नेपाली भूमि छिमेकी राष्ट्रहरूका विरुद्ध प्रयोग गर्न कसैलाई पनि अधिकार नभएको र त्यो छुट दिनै नसकिने प्रष्ट पारे । सरकारको यो राष्ट्रहित विरोधी र साम्राज्यवादी परस्त नीतिलाई सम्पूर्ण नेपाली जनताले अस्वीकार गरेको उल्लेख गर्दै उनले यसै सन्दर्भमा चीनका लागि नेपालका सातजना पूर्व राजदूतहरूले समेत विज्ञप्ति निकालेर विरोध जनाइसकेको संसद्लाई जानकारी गराए ।

सांसद महरले सरकारको छिमेकीसँगको परराष्ट्र नीति परिवर्तन भएको हो भनी प्रश्न गर्दै नेपालले अवलम्बन गर्दै आएको पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिमा फेरबदल ल्याउन खोजिएको हो कि भनी जवाफ माग गरे । परराष्ट्र नीति र छिमेकीसँगको व्यवहारका सन्दर्भमा सरकारले अपरिपक्वता र केटाकेटीपन देखाएको आरोप लगाउँदै उनले छिमेकी मुलुकहरू कुनै खेलाौना नभएकाले परराष्ट्र नीतिलाई गम्भीरताका साथ लिन र सजग, जिम्मेवार बन्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ३ : ०७ बजे

कुमारी बैंक र जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङबीच रणनीतिक साझेदारी

काठमाडौं– कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि जर्मन

न्यून गुणस्तरका दुई औषधि तत्काल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं- औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका दुई

भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल

एजेन्सी– विनाशकारी भूकम्पबाट प्रभावित भेनेजुएलामा मृत्यु हुनेको सङ्ख्या तीन हजार

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ स्वीकृत

नेप्से परिसूचक १९ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो