राइडरको बाइकमा ‘ह्विल लक’, नगर प्रहरीसँग भनाभन भएपछि आत्मदाहको प्रयास « Khabarhub

राइडरको बाइकमा ‘ह्विल लक’, नगर प्रहरीसँग भनाभन भएपछि आत्मदाहको प्रयास


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाहको प्रयास गर्नेमा मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपाली रहेका छन् । उनले बिहीबार दिउँसो करिब १:४५ बजे आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् ।

पेसाले राइड सेयरिङ चालक रहेका नेपालीले काठमाडौँ महानगरपालिकाको नगर प्रहरीसँगको विवादपछि आवेशमा आएर यस्तो अप्रत्याशित कदम चालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बिहीबार यात्रुलाई विभाग अगाडि छाडेर उनले आफ्नो मोटरसाइकल त्यहीँ रोकेका थिए। सो क्षेत्रमा पार्किङ निषेध गरिएको भन्दै महानगर प्रहरीको टोलीले उनको मोटरसाइकलमा ‘ह्वील लक’ लगाइदिएपछि नेपाली र नगर प्रहरीबीच भनाभन सुरु भएको थियो । विवाद बढ्दै जाँदा महानगर प्रहरीले मोटरसाइकल उठाएर गाडीमा राख्न थालेपछि आक्रोशित बनेका नेपालीले आफैँले चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका हुन् ।

घटनास्थलमा खटिएको प्रहरी टोलीले तत्कालै आगो निभाएर उनको उद्धार गरी उपचारका लागि महाबौद्धस्थित वीर अस्पताल पुर्‍याएको थियो । नेपालीको शरीरको करिब ६५ प्रतिशत भाग जलेको हुनाले अवस्था गम्भीर छ। हाल वीर अस्पतालको बर्न युनिटमा उपचाररत उनी हल्का बोल्न सक्ने अवस्थामा रहेका छन् ।

महानगर प्रहरीको ह्वील लककै कारण उनले आत्मदाहको प्रयास गरेका हुन् वा अन्य कुनै कारण पनि थियो भन्नेबारे प्रहरीले सूक्ष्म रूपमा थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ३ : २९ बजे

गणेशबारे रवि, बालेन र सुनिता चुप, तल्लो तहका वर्गमाथि राज्य सधैँ पूर्वग्राही

काठमाडौं- जेन-जी आन्दोलनअघि नेपाली कांग्रेस, नेकपा एमाले माओवादी जस्ता पुराना

भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन

काँक्रेविहार– भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ मा

राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र

पुस मसान्तभित्र लेखा परीक्षण गरी सक्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गोरखापत्र संस्थान र सार्वजनिक

‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’

सुदूरपश्चिम– दुग्ध उत्पादक किसानको हित र त्यसबाट देशले बढीभन्दा बढी